देव बाँस्कोटा, बिर्तामोड  केवीआर क्रिएशन ग्रुप झापाले कविता लेखनमा नयाँ प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयक एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कला र साहित्यमा रुपान्तरीत सृर्जना भन्ने मुल नाराका साथ फरक पृष्ठभुमिका प्रतिभालाई गोलबद्ध गराउने अभियान स्वरुप संस्थाका स्थापना गरिएको  संस्थाका प्रेस संयाजक दिपेन विश्वकर्माले जानकारी दिनु भयो ।

समूहको दोश्रो कार्य समिति बैठकबाट ग्रामिण केन्द्रित प्रतिभा छनोट अभियानमा समुह जुटेको ग्रुपका परिकल्पनाकार तथा सञ्चारकर्र्मी भरत भाबुक प्रसाईले जानकारी दिनु भयो ।

348380710_926189351793051_8758118226609122558_n

झापाको बिर्तामोड ४ मा केन्द्रिय कार्यलय रहेको उर्जाशिल युवाहरुको समुहले २०७९ साल भदौ १० गते संस्था स्थापना गरेको हो ।

संस्थाकी उपाध्यक्ष रेजिना बाँस्कोटाको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा, कविता लेखन र प्रतिभा छनोटका विषयमा छलफल भएको अर्का प्रेस संयोजक देव बास्कोटाले जानकारी दिनु भयो ।

353141072_821505192639528_7234589174730092392_n

पत्रिका प्रकाशन एवं प्रतिभा छनोटका लागि विविध कार्यक्रम सञ्चालन गर्न परिकल्पनाकार प्रसाईको संयोजकत्वमा ३ सदस्य कार्यसमिति गठन गरेको गरिसकेको छ ।

संस्थाकी सदस्य सुजता राईले स्वागत गरेको कार्यक्रमलाई प्रेस संयाजक  बास्कोटाले सञ्चालन गर्नु भएको थियो ।


348381279_1685339735221335_489553073740304946_n

संस्थाको तेश्रो कार्यसमितिकको बैठकले नयाँ सदस्यको रुपमा आरोही शर्मा, रुविना बुढाथाकीलाई  निर्वाचित गर्दै सचिवका रुपमा निर्मल काफ्ले लाई चयन गरेको छ ।

  पुर्व सचिव प्रशान्त वाग्लेको ब्यस्तताको कारणले  सदस्य मात्रै रहने सहमति भएपछि कार्यसमितिको सहमतीमा सचिवका रुपमा काफ्लेलाई नियुक्त गरिएको संयोजक विश्वकर्माले बताउनु भयो ।


353618654_157438990654495_8970493374940515090_n

कार्यक्रममा हरिता दाहाल, मुना काफ्ले, ओमनारायण राजवंशी,जिना अधिकारी ,इन्दिरा राई, सृर्जना चम्लागाइ, रुविना बुढाथाकी,अल्सा बस्नेत, तेस्वी भट्टराई, निर्मल काफ्ले लगायतले विभिन्न छन्द र रसका रचना बाचन गरेको थिए ।