भरत प्रसाई , बिर्तामोड  साहित्य चौतारी बिर्तामोड झापाको २५ औं बार्षिकोत्सव तथा रजत बर्ष प्रवेशको अवसरमा साहित्य चौतारी महाअभियानमा आवद्ध बिद्यालयहरुका बिद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरेको छ । 

प्रत्येक बिद्यालयमा मासिक रुपमा भएको साहित्य, संगीत र कला क्षेत्रका उत्कृष्ट बिद्यार्थीहरुलाई शनिवार आज बिर्तामोडस्थित साहित्य चौतारीको कार्यालयमा प्रयोगात्मक कार्यक्रम गरी पहिलो, दोस्रो र तेस्रो हुने बिद्यार्थीलाई प्रमाणपत्र बितरण गरिएको हो ।

352769623_1965992643799293_1606905199634109317_n

साहित्य चौतारी झापाका अध्यक्ष हस्त परियारको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ संगीतकार जीवन अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा बिद्यार्थीहरुले नृत्य, गायन, चित्रकला, कविता, लगायतका बिधामा आफ्नो प्रस्तुती दिएका थिए । बिद्यालयको मासिक सांगीतिक काब्यसभाबाट प्रत्येक महिना सञ्चालन भएको प्रतियोगित्माक उक्त बिधामा प्रथम भएका प्रतिस्पर्धीहरु मध्येबाट अन्तिम छनौट भएर जिल्ला स्तरीय फाइनलमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई प्रमाणपत्र प्रदान गरिने संरक्षक देबीभक्त श्रेष्ठले जानकारी दिनु भयो ।

350095287_225351663623162_4761668699500899871_n

स्वागत उपाध्यक्ष कृष्ण सुवेदी निराकरले गरेको कार्यक्रममा साहित्यकार बसन्त बेग थापा, नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य हरि पौडेलको बिशेष आतिथ्य रहेको थियो ।

साहित्य चौतारी झापाका सह–सचिव देबीचरण भण्डारीले सञ्चालन गर्नु भएको कार्यक्रमा १५ पालिका भित्र रहेको सामुदायिक विद्यालयका ४५ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सफल्ताको शुभकामना दिदै बिद्यालयका प्रधानाध्यापक, शिक्षक, साहित्य क्षेत्रका बिशिष्ठ ब्यक्तिहरुले समाजमा लेखन क्षमताको बिकास गर्न, कला र साहित्यलाई मुर्धन्य राख्न साहित्य चौतारीले खेलेको भुमिकाको प्रशंसा गरेका थिए ।