काठमाडौँ । नेपालकै सर्वाधिक बिधामा बिरिसु मिडिया प्रालिद्धारा आयोजित दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड सम्पन्न भएको छ ।

चलचित्र बिकास बोर्ड चाबहिल, काठमाडौँमा शनिबार ६९ बिधामा ९३ जनालाई अवार्ड वितरण गरिएको हो ।

पुर्व युवा तथा खेलकुदमन्त्री एंव संघिय सांसद हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा समाजसेवी, कलाकार, साहित्यकार गरी २७ जनालाई सम्मान प्रदान गरिएको थियो ।

पुर्वमन्त्री तामाङले कलाकारहरुको पेशालाई अझ हौसला बढाउन आयोजना गरेको अवार्ड कार्यक्रम प्रशंसानीय रहेको र आगामी दिनमा पनि निरन्तरताको शुभकामना दिए ।

त्यसैगरी वरिष्ठ कलाकार लय संग्रौलाले सबै कलाकारहरुको प्रतिनिधित्व गरी आफुले म्युजिक अवार्डलाई थप आगामी संस्करण भव्य पार्न शुभकामना दिए । 

त्यसैगरी युवा नेता अबिरल जिम्बाले फरक प्रसंगमा नेताहरुलाई पनि अवार्ड प्रदान गर्न व्यंग्यात्मक ढंगले आयोजकलाई आग्रह गरे ।

जिम्बाले नेताहरुलाई अवार्ड प्रदान गरे राम्रो काम गर्ने जांगर आउने र अवार्ड पाउनको लागि भनेपनी राम्रो काम गर्ने बताए ।

युवा नेत्री संगीता तामाङले पुर्वदेखी पश्चिमसम्मका कलाकारहरु समेटिनुले अवार्ड कार्यक्रम निकै समाबेशी देखिएको बताइन ।

अवार्ड कार्यक्रका संयोजक एंव बिरिसु मिडिया प्रा.लिका निर्देशक सुस्मिता स्याङ्तानको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा झरना कला केन्द्रका कलाकारहरुले स्वागत डान्स राखेका थिए ।

अवार्ड कार्यक्रममा सहभागी नोमिनिजहरुको टप ५ भिडियो सार्वजानिक गरेपछी अवार्ड वितरण गरेका थिए ।

अवार्ड वितरणसँगै २७ जनालाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा उत्साहजनक सहभागिता रहेको थियो भने हलमा कुनै पनि सिट खाली थिएनन ।

कार्यक्रममा सभापती एंव बिरिसु मिडिया प्रा.लिका अध्यक्ष विवेक लोप्चनले कार्यक्रम सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तिहरुप्रती धन्यवाद ज्ञापन गरे । कार्यक्रमको सञ्चालन भने टम्पशेर राइले सञ्चालन गर्नुभएको थियो  ।