भरत भाबुक प्रसाई  ।  झापाको बिर्तामोड ५ मा रहेको न्युटन्स एजुकेशन फाउण्डेशनले सिकाइ अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ११ मा भर्ना भएमा १ सय ६० विद्यार्थीलाई स्वागत गर्दै विद्यार्थीलाई सिकाइ र पढाइमा कसरी रुची कसरी बढाउन सकिन्छ भन्ने सम्बन्धमा विभिन्न वक्ताहरुले आफ्नो धारणा राखेका थिए ।

3 1

न्युटन्स एजुकेशन फाउण्डेशनले गएको एसइइमा निजी विद्यालय अन्र्तगत उत्कृष्ट जिपीए हासिल गर्न सफल भएको थियो ।

2

न्युटन्स एजुकेशन फाउण्डेशनले विद्यार्थी मैत्री सिकाइमा जोड दिएकाले अभिभावकको विश्वासको प्रतिक बन्न पुगेको विद्यालयका प्रधानाध्यापक देवेन्द्र हुमागाँइले बताउनु भयो ।

4 1

उहाँले शिक्षामा कुनै किसिमको सम्झौता गर्नु नहुने बताउनु भयो । 

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष एवं संस्थापिका धर्मा पराजुली प्रसाईले आफ्नो श्रीमानको  गुणस्तर शिक्षाको सपना साकार भएको बताउदै फाउण्डेशन निरन्तर प्रविधिमैत्री शिक्षाको पक्षमा लागिरहने विश्वास दिलाउनु भयो ।

विद्यार्थी रुवी पाठकले राष्ट्रियगितले स्वागत गरिएको  कार्यक्रममा  विद्यालयका प्रबन्ध निर्देशक  आशिष प्रसाई र पल्स टु कोअडिनेटर केवल सापकोटाले  सिकाइका प्रक्रिया शिक्षाको महत्व र प्रयोग गर्ने अवधारणका विषयमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रम सञ्चालन विद्यालयकी शिक्षिका पवित्रा पौडयलले गर्नु भएको थियो ।