भरत भाबुक प्रसाई । झापाको बिर्तामोडमा निर्माण भइरहेको बहुजाती बहुभाषि बहुसाँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माण कार्यका अभियन्ताहरु यति बेला एक थान इट्टा माग्दै राजधानी आइ पुगेका छन् ।
आम नागरिक समाजसंग सडकमा एक थान इट्टा देखि १ धुर सम्मको भुमि दान सहयोग समर्पण कार्यबाट विगत ३ बर्ष अघि सुरु गरिएको अभियान अहिले थोरै रकम अभावका कारण पुर्णता पाउन नसके पछि सबै संग सहयोगको अपेक्षा राख्दै आफुहरु राजधानी आइ पुगेको कुरा क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष साथै झापा नाटक घरका परिकल्पनाकार अभियन्ता माधब कल्पितले जानकारी दिनु भएको छ ।

प्रदेश नं १ भित्र बसोबास गर्ने सबै जात जाती तथा भाषाभाषी को सामुहिक अपनत्व कायम हुने गरि निर्माण हुन लागेको बहुजातीय साँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माण कार्य मध्ये पहिलो चरणमा २ करोड ५० लाखको नाट्य कला मन्दिर र सो सम्पन्न पश्चात् २५ अर्बको बहुजाती बहुभाषि बहु साँस्कृतिक संग्रहालय निर्माण गर्ने एतिहासिक अभियान बोकेर हिडेको नाट्य प्रतिष्ठान ले अहिले एक थान इट्टा अभियान बाट २ करोडको भवन निर्माण गरि सकेको तथा १धुर भुमि दानबाट प्रतिष्ठानको नाममा हाल सम्म १सय ४५ धुर जमिन जुटि सकेको कुरा अभियन्ता कल्पित ले जानकारी दिनु भएको छ ।
५० लाख रकम अभावका कारण नाटक घर निर्माण कार्यले पुर्णता पाउन नसकी अलपत्र परेको छ । हामीले चाहेर पनि नाटक मञ्चन गर्न नसकेको अबस्थामा संघिय सरकार को समेत ध्यानाकर्षण होस भन्ने उदेश्य बोकेर सिंगो कलाकारको टोली राजधानी आएको हो ।
नाटक घर ले पुर्णता पाई सके पछि २५ अर्वको सुविधा सम्पन्न बहुजाती बहुभाषि बहु साँस्कृतिक संग्रहालय निर्माण गर्ने लक्ष्य रहेको नाट्य प्रतिष्ठानकी केन्द्रीय कोषाध्यक्ष मुना प्रसाइले जानकारी दिनु भएको छ ।
संघिय सरकार तथा सबै राजनीतिक दलका प्रमुखहरु संग भेट गरि १ थान इट्टा माग्न प्रस्थावना सहित आएको समुहले मंगलबार ईन्द्रेणी समाज समक्ष पुग्यो ।
इन्द्रेणी समाजका प्रमुख कृष्ण कडेलले कलाकारहरुलाइ आफ्नो कार्यक्रममा सहभागी गराइ भब्य स्वागत सम्मानका साथ नगद रु ४१ हजार प्रदान गरेको छ भने निटक भबिश्यमा झापा नाटक घरमा पुगेर विशेष कार्यक्रम को आयोजना गर्दै १० लाख सम्मसहयोग प्रदान गर्ने घोषणा समेत गरिएको कुरा प्रतिष्ठानकी नृत्य बिभाग प्रमुख सबिता रेग्मीले जानकारी दिनु भएको हो ।
यसै गरि कलाकार को टोली बुधबार नै प्राइम टेलिभिजन को कार्यालय पुगेर ऋषि धमलालाइ भेट गर्दै १ थान इट्टा मागेको छ । वहाँ टेलिभिजन को तर्फबाट उल्लेख्य सहयोग गर्ने र एक कार्यक्रम कै आयोजना गर्ने वचन पाएको प्रतिष्ठानले जनाएको छ ।
यसै गरि ,उप सभामुख इन्दिरा राना मगरले बिहीबार कलाकारहरुलाइ मन्त्रालयमानै निमन्त्रणा दिनु भएको छ भने यश पछि एमाले , राष्ट्रिय स्वतन्त्र पार्टी ,नेपाली काँग्रेस , प्रधान मन्त्री र महानगर प्रमुख बालेन्द्र शाह समक्ष भेट गर्ने कार्यक्रम रहेको कल्पितले जानकारी दिनु भएको छ ।














