भरत भाबुक प्रसाई । दमक, मेची महाकाली बुहारी संयुक्त आवाजले आफ्नो चौथो वार्षिकोत्सव तथा साधारण सभाबाट केन्द्रिय अध्यक्षका रुपमा निर्वतमान उपाध्यक्ष चन्द्रा काफ्लेलाई निर्बिरोध चयन गरेकोे छ ।

निर्वाचित भएपछि आफुमा ठुलो जिम्मेवारी आएको अध्यक्ष चन्द्रा काफ्ले जानकारी दिनु भयो । उहाँले सबैको साथले मात्रै यो यात्रामा सफल्ता पाउने बताउनु भयो ।
संस्थाकी निर्वतमान अध्यक्ष यमुशर्मा सुब्बाले भरचुअल अन्लाइन शन्देश मार्फत अध्यक्ष काफ्ले र कोशी प्रदेश संयोजकका रुपमा पिङकी थापालाई निर्वाचित गरिएको धोषणा गर्नु भएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथी दमक नगरपालिकाकी उपप्रमुख रेगिना प्रसाईले मेची महाकाली बुहारी संयुक्त आवाजले भड्किलो खर्चलाई नियन्त्रण गर्दै आवाज विहिनहरुको आवाज वन्न आग्रह गर्नु भयो ।

देशमा अर्थतन्त्रकोे अवस्था खस्किरहेको बेलामा पनि आफ्नो खाजाको पैसा उभारी महिला तथा बालबालिका हिंसा विरुद्धको अभियानमा मुलकभरबाट २० हजार भन्दा धेरै महिला जोडिनु सामान्य कुरा नभएको उपप्रमुख प्रसाईले बताउनु भयो ।

त्यस्तै अर्की विशिष्ट अतिथी कमल गाँउपालिकाकी उपाध्यक्ष प्रमिला तिवारीले महिलाको आवाज महिला नै हुने भएकाले सवै किसिमका हिंसा विरुद्ध एक हुनु पर्नेमा जोड दिनु भयो ।
संस्थाले अवसरबाट बञ्चित ग्रामिण दुरदराजका महिला बालबालिका माथीहुने हिंसा विरुद्ध विगत ४ वर्ष देखि विभिन्न कार्यक्रमहरु गदै आएको छ ।

संस्थामा आवद्ध स्थानीय सरकार प्रतिनिधी सभा सदस्य समेत बनेका छन् ।
यस सस्ंथाकी सिन्धुली जिल्ला संयोजक सुशिला थिङ्ग र बर्दिया जिल्ला संयोजक जुबेदा खातुन प्रतिनिधि सभा सदस्य रहनु भएको छ ।

संस्थाको चौथो वार्षिकोत्सव तथा साधारण सभा झापाको भ्यू रिर्सोटमा प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति तथा आजीवन सदस्य लगायत स्थानिय प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।
नारीहरुको महान चार्ड तथा हरितालिका तीजको अवसरमा एक आपसमा माया साटा साट गर्दै मेची महाकाली बुहारी संयुक्त आवाजले मनाएको थियो । कार्यक्रममा सुनसरी, झापा मोरङका नव निर्वाचित पदाधिकारीहरलाई पद तथा गोपनियताको सपथग्रहण गराइएको थियो ।
संस्थाको वार्षिक प्रतिवेदन लेखा संयोजक गंगा भट्टराईले प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन झापा शाखा सचिव रिना राई चेम्जोङले गर्नु भएको थियो ।














