IMG_0947भरत प्रसाई बिर्तामोड,साहित्य, संगीत र कलाको संगम साहित्य चौतारी झापाले मासिक सांगीतिक काव्य सभा र श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

IMG_0942

५९ औ बाल दिवस तथा १ सय ५८ औ मोति जयन्तीको अवसर पारेर झापाका विभिन्न पाँच जना अग्रज स्रष्टालाई दीर्घ साधना सम्मान प्रदान गरिएको हो ।

IMG_0939
 
साहित्य चौतारीको श्रीवृद्धिमा सहयोग गरी अभिभावकीय भूमिका निर्वाह गर्ने स्रष्टा सर्जक हरुलाई राष्ट्रिय बालदिवस तथा मोति जयन्तीको अवसरमा आख्यानकार तथा साहित्यकार पुन्यप्रसाद खरेल,शिक्षा सेवी तथा पूर्व प्राज्ञ यज्ञराज प्रसाईबरिष्ठ साहित्यकार डिल्लीराज  नेपाल, संस्थापक सल्लाहकार शिक्षा तथा समाजसेवी  जय नारायण ढुङ्गाना, बरिष्ठ साहित्यकार तथा शिक्षासेवी , हरिनारायण भट्टराईलाई दिर्घसाधना सम्मानद्वारा सम्मानित गरिएको छ ।IMG_0951

स्थापनाकालदेखि जोडिएर साहित्य चौतारीको उद्देश्यमा उल्लेखनीय योगदान दिएवापत स्रष्टाहरुलाई दीर्घ साधना सम्मान प्रदान गरिएको संरक्षक देवीभक्त श्रेष्ठले जानकारी  दिनुभयो ।

_MG_0891प्राज्ञसभा सदस्य सुमित्रा वाङ्देल चेलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको स्वागत साहित्य चौतारी झापाका उपाध्यक्ष कृष्ण सुवेदी निराकारले गर्नुभएको थियो ।


_MG_0869

यसअघि अघिल्ला मासिक सांगीतिक काव्य सभाका अवसरमा साहित्य चौतारीले अग्रज स्रष्टाहरू विजय खरेल, लीला उदासी, भवानी क्षेत्री, कृष्ण पौडेल, राजेन्द्रप्रसाद संग्रौला  र  हरीचरण बानिया,  वरिष्ठ लोक गायक अनिल रुद्र ओलीलाई दीर्घ साधना सम्मान प्रदान गरिसकेको छ ।

IMG_0948

गतसाता मात्रै साहित्य चौतारीको टोलीले इलामस्थित निजी निवासमा पुगेर गायक तथा संगीतकार कुबेर राईलाई दीर्घ साधना सम्मान प्रदान गरेको थियो ।

अस्वस्थ भएर घरमा स्वास्थ्य लाभ गरिरहेका बेला आर्थिक सहयोगसहित राईलाई उक्त सम्मान प्रदान गरिएको साहित्य चौतारीका संस्थापक श्रेष्ठले बताउनुभयो ।


IMG_0947


साहित्य चौतारीले बालदिवसको अवसरमा बाल प्रतिभाबीच नृत्य, गायन, कविता प्रतियोगीता  सम्पन्न गरेको छ ।

फरक प्रयोग स्वरुप प्रतियोगीताको प्रमुख अतिथि बाल प्रतिभा दिया अधिकारी रहेकी थिइन ।

हरेक वर्ष बालप्रतिभा बीच भएको प्रतिस्पर्धामा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने उत्कृष्ट प्रतिभालाई आगामी वर्षको कार्यक्रमका लागि साहित्य चौतारीले प्रमुख अतिथि बनाउँदै आएको छ ।

गायनतर्फ भएको प्रतियोगितामा अर्पण सिटौला प्रथम, प्रतिक्षा भट्टराई दृतीय र सन्ध्या भट्टराई तृतीय भएका छन ।

IMG_0953

त्यस्तै नृत्यतर्फ इतिसा मुखिया प्रथम, प्रेसा राई दृतिय र साया सुवेदी तृतिय र कवितातर्फ विद्या सिग्देल उत्कृष्ट भएकी थिइन ।

विद्यालयमा साहित्य कार्यक्रम अन्तर्गत छनोट भएका विद्यार्थीहरुबिच भएको फरक तिन विधामा उत्कृट प्रथम दितीय र तृतियलाई  साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, सम्मानित जयनारायण ढुङ्गाना र हरिनारायण भट्टराईले प्रमाणपत्र सहित  नगद उपहार प्रदान गनुभएको थियो ।

कालजयी अमर सर्जक फत्तेमान राजभण्डारीको १० औँ स्मृती दिवसको अवसरमा  साहित्य चौतारी सांगीतिक काव्य सभाद्वारा उहाँलाई सम्झिएको थियो ।

१० औं स्मृति दिवसको अवसरमा उहाँका कालजयी सिर्जनाहरु सांगीतिक काव्य सभामा गुञ्जयमान भएक गराईएको थियो ।

प्रतिभाको पहिचान र संरक्षणमा साहित्य चौतारी लागिरहने  साहित्य चौतारीका संस्थापक संरक्षक  श्रेष्ठले बताउनु भयो ।

उहाँले आफ्नो जन्म दिनलाई विशेष बनाइदिएकाेमा साहित्य चौतारी कार्यसमिति परिवार  सम्पूर्ण सष्टाहरुप्रति आभार ब्यक्त गर्नुृ भयो ।

चौतारीले २०६२ सालमा फत्तेमानलाई प्रमुख अतिथि बनाएको थियो ।

IMG_0928

कार्यक्रममा बाल प्रतिभा भ्वाइस अफ किड्स्की सेकेन्ड रनर अफ अनुजा कडरियाले फत्तेमानलाई सम्झदै आफ्नो प्रस्तुती दिएकी थिइन ।

378183044_1030171287997532_4030647157644538460_n

संस्थाका अध्यक्ष हस्त परियारको अध्यक्षतामा सम्पन्न काब्यसभामा साहित्य चौतारीका सल्लाहकार सदस्य राजेन्द्रप्रसाद संग्रौला,अनिरुद्र ओली, साहित्यकार तथा पूर्व अध्यक्ष केशव आचार्य, संगितकर्मी हरी काफ्ले, प्रेस सल्लाहकार सुब्रत न्यौपाने, सह सचिव खगेन्द्रा खुशी, पुर्व सचिव दिलिप धिमिरे लगायत नौमति बाजा समूहका प्रतिनिधिहरु उपस्थितिमा भव्यरुपमा काब्य तथा सांगितिक सभा सम्पन्न भएको हो ।

पहिलो शत्रको कार्यक्रम साहित्य चौतारीकी सदस्य सुनिता तामाङले र दोश्रो शत्रको कार्यक्रम  साहित्य चौतारी कार्यसमिति सदस्य जीवन जगदिसले  सञ्चालन गर्नु भएको थियो ।