बिर्तामोड नगरपालिका वडा नं.३ मा रहेको लिङ्कन मन्टेश्वरीका बालबालिका जातिय पोषाकमा विद्यालय आउने गरेका छन् ।
प्रत्येक मंगलबार बालबालिका आफुलाई मन पर्ने पोसाक लगाएर विद्यालय आउने गरेका हुन् ।
पछिल्लो समय बालबालिका तथा युवामा सांस्कृतिक पहिरनको महत्त्व हराउँदै गएकाले उक्त कार्यक्रम सञ्चालन गरिएको विद्यालयका सञ्चालक सरोज पौडेल जानकारी दिए ।
ग्रामीण भेगमा भन्दा शहरमा भाषा र जातिय पहिरनमा बालबालिका अनबिज्ञ हुने गरेका छन् ।
हप्तामा एकदिन भएपनी विभिन्न जातजातिका बालबालिकाले लगाउने पहिरनको बारेमा विद्यालयले जानकारी दिने गरिएको र बालबालिका पनि उत्साहित हुने गरेको सञ्चालक पौडेल बताउँछन् ।
विद्यालयका को अर्डिनेटर गायत्री कट्टेलका अनुसार मंगलबार स्मार्ट कल्चरल डे अनुसार र शुक्रबार हाउस ड्रेस तथा अन्य दिनमा स्कुल ड्रेसमा बालबालिका विद्यालय आउने गरेका छन् ।
हरेक पर्व तथा दिवसको अवसरमा बालबालिकालाई प्रयोगात्मक सिकाई सहजिकरण गरिने भएकाले उनिहरुमा राष्ट्रियता र संस्कृतिप्रती उत्साह हुने गरेको को(अर्डिनेटर कट्टेलले बताइन् ।
बालबालिकामा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यले विद्यालयले विभिन्न समयमा विविध कार्यक्रमहरु गर्दै आएको छ ।














