विराटनगर कोशी प्रदेशका उद्योगी व्यापारीले कृषि क्षेत्रको समस्या समाधानका लागि कृषि व्यापार रणनीति आवश्यक रहेकोमा जोड दिएका छन् ।

Shivam Cement

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा सोमबार विराटनगरमा आयोजित ‘कोशी प्रदेशको कृषि व्यापार प्रवर्द्धन रणनीतिसम्बन्धी छलफलमा उद्योगीहरुले यस्तो धारणा राखेका हुन् ।

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री रामप्रसाद महतोले कृषि क्षेत्रमा धेरै ठूलो समस्या रहेको बताउँदै त्यसका लागि कृषि व्यापार रणनीति आवश्यक रहेको बताए ।