बिर्तामोड ,भरत भाबुक प्रसाई । केही फरक गरौ भन्ने हुटहुटी भएका युवाहरूको समूह केवीआर क्रिएशन ग्रुपले प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले खुल्ला रचना बाचन प्रतियोगिता सम्पन्न गरेको छ ।

दशैको शुभकामना आदान प्रदान गर्दै विभिन्न रस र छन्दका रचना प्रस्तुत गरिएको कार्यक्रमको सञ्चालन ग्रुपकी केन्द्रिय प्रचार संयोजक मुना प्रसाईले गर्नु भएको थियो । प्रतियोगितामा झापा भरीका ३० प्रतियोगीहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितामा पाँचथर घर भई दमक बस्दै आउनु भएकी प्रीती मगरको रचना उत्कृष्ट भएको थियो ।
कार्यक्रको औचित्य माथी संस्थाकी सह –सचिव सुस्मिता बर्तौलाले प्रकाश पार्नु भएको थियो ।

केवीआर क्रिएशन ग्रुपले प्रतिभाको खाेजीका गर्दै आएको संस्थाका जन्मदाता तथा कार्यक्रम संयोजक भरत भाबुक प्रसाईले बताउनु भयो ।
ग्रामिण क्षेत्र केन्द्रित प्रतिभा छनोट अभियानमा समूह जुटेको केवीआर क्रिएशन ग्रुपले जनाएको छ ।

समूहले प्रतिभा प्रस्फुटनका लागि प्रतिभा छनोट गरि बिर्तामोडमा केन्द्रित संस्थालाई नेपालमै चिनाउने अभियानमा लागेको अध्यक्ष देव बास्कोटाले बताउनु भयो ।
झापाको बिर्तामोड ४ मा केन्द्रीय कार्यालय रहेको उर्जाशिल युवाहरूको समूहले २०७९ साल भदौ १० गते संस्था स्थापना गरेको थियो ।

संस्थाका संरक्षक प्रसाईको संरक्ष्कत्वमा सञ्चालित संस्थाले कविता लेखन र प्रतिभा छनोटका विषयमा छलफल गर्दै फरक प्रतिभालाई जोड्ने अभियानमा जुटेको प्रचार संयोजक मुना प्रसाईले जानकारी दिनु भयो ।

कार्यक्रममा सविन बास्कोटा, नव सदस्य तारा विष्ट, स्रष्ट्रा अनिसा सिटौला, विनिता बिष्ट, समूहकी सदस्य प्रीती बस्नेत, विवेक खरेल, हरिता दाहाल,आशा काम्वाङ, अल्सा बस्नेत, मुना खड्का लगायतको उपस्थिती रहेको थियो ।














