काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।

शनिबार मन्त्रालयमा आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै आक्रमणमा परी नौ नेपाली घाइते भएको पुष्टि गरेको हो । ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै  विवरण खुलाइएको छैन ।

मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ ।