बिर्तामोड । भरत भाबुक प्रसाई,        राष्ट्रिय युवा संघ झापाले शुक्रबार अर्जुनधारामा भएको सवारी तोडफोडको घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गरेको छ । 

संगठनको प्रथम नगर अधिवेशनमा सहभागी नेता कार्यकर्ताहरुको सवारीमा तोडफोड भएपछि युवा संघले प्रेस विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको हो ।

अर्जुनधाराको प्रथम नगर अधिवेशनमा प्रमुख अतिथिको रुपमा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेत र विशिष्ट अतिथिको रुपमा युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवे सहभागी रहनु भएको थियो ।

download 4

पहिचानवादीका नाममा दुर्गा प्रसाईंका समर्थकहरुले सवारी साधनहरूमा तोडफोड गरेको युवा संघले आरोप लगाएको छ । गैरकानुनी, अराजक, लोकतन्त्र विरोधी गतिविधि गर्ने कथित पहिचानवादी र दुर्गा प्रसाईंका सहभागी हुने सबै कार्यक्रमहरु विथोल्ने युवा संघले घोषणा समेत गरेको छ ।


कानुनी राज्यको धज्जी उडाउदै मनपरी अभिव्यक्ति दिने प्रसाईले एमाले नेताहरु विरुद्ध भाडामा मान्छेको प्रयोग गरेको युवा संधको भनाई छ । 


युवा संघका संयोजक फुर्वा लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत तोडफोडमा संलग्न फरार व्यक्तिहरुको खोजी गरि तत्काल कारबाही गर्न माग गरिएको छ । यस्तै, नेकपा एमाले झापाले समेत विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन  प्रशासन समक्ष अपिल गरेको छ । तोडफोड भएका सवारीहरूको उचित क्षतिपूर्ति दिनुपर्ने माग एमाले झापाले माग गरेको छ ।