इलाम । भरत भाबुक प्रसाई, इलामको सन्दकपुर ३ स्थित किवी बस्तिमा निर्माणधिन अत्रेश्वर शिव मन्दिरको प्राणप्रतिष्ठा तथा समुद्धाटन सामाजिक तथा धार्मिक ब्यतित्व एवं कन्काई कोटिहोमका अध्यक्ष शेरबहादुर थापाले गर्नु भएको छ ।

माइपोखरीको पूर्वीकाखमा अवस्थित माइनदीको उद्दगमस्थल, सुर्योदयको पहिलो भुमि इलाम जिल्लाको पुर्वि उत्तरमा निर्माणाधिन शिव मन्दिर घटस्थापनाबाट सर्वसाधारणका लागि खुल्ला गरिएको हो ।

सन्दकपुर ३ लगायत इलाम झापाका विभिन्न स्थानबाट आएका अतिथीहरुको उपस्थितीमा कलशयात्रा पश्चात विधिवतरुपले शिवलिङ पुजन, स्वस्ति बाचन ,शिव मन्दिरको प्राणप्रतिष्ठा तथा समुद्धाटन गरिएको थियो ।

उद्धाटन कार्यक्रममा विभिन्न भाषा,भाषीका संस्कृती झल्कने झाकी प्रर्दशन गरिएको थियो ।निर्माण समितिका अध्यक्ष तुलसीप्रसाद खतिवडाको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमलाई नौमति बाजा समूहको प्रस्तुतीले रौनकता थपेको थियो ।

करीव ५० लाख लगानीमा आउँदो शिवरात्री सम्ममा निर्माण सम्पन्न गरिने योजना रहेको परिकल्पनाकार माधव कल्पितले जानकारी दिनु भयो ।

नेत्रप्रसाद खतिवडाले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन गोपाल खतिवडाले गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि शेरबहादुर थापाले जिवनमा केही न केही दान गर्ने सस्कारको बिकास गर्नु पर्नेमा जोड दिदै धर्मले समाजलाई सन्तुलनमा राख्नमा मद्धत गर्ने बताउनु भयो ।
१० रोपनी जग्गा मन्दिरका निम्ति खरिद गर्ने , अत्रेश्वर संस्कृत पाठशालाको सञ्चालन गर्ने लगायत भावी योजना सहितको कार्यपत्र परियोजनाका परिकल्पनाकार माधव कल्पितले प्रस्तुत गर्नु भएको थियो ।

सन्दकपुर गाँउपालिकाका अध्यक्ष तुलाराम गुङगले यो सबै को साझा सम्पति भएकाले स्थानिय तहबाट सकेजतिको सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा क्षितिज नाट्य प्रतिष्ठानमा कलाकार गंगा प्रसाई र गजेन्द्र पृथकद्वारा अभिनित नाटकले सबैलाई भाबुक बनाएको थियो ।

सन्दकपुर गाँउपालिकाका तत्कालिन अध्यक्ष उदयबहादुर राईबाट शिलान्यास गरिएको मन्दिरको निर्माण सम्पन्न गर्नका लागि विभिन्न सहयोगी मनहरुलाई आहवान गरिएको छ ।
यो ४२ फिट अग्लो शिव प्रतिमा नेपालको तेश्रो र कोशी प्रदेशकै अग्लो शिव प्रतिमा हुने जनाइएको छ ।














