साहित्य चौतारी झापाले दिवंगत स्रष्टाहरुप्रति श्रद्धाभाव प्रकट गर्दै  मासिक काब्य सभा सम्पन्न गरेको छ ।

IMG_0579

स्थापना कालिन समय देखि कार्यसमितिको विभिन्न भुमिकामा रहेर साहित्यको श्रृबृद्वीमा पु¥याएको योगदानको स्मरण गर्दै चौतारीले  सम्मानार्थ श्रद्धान्जली सभाको आयोजना गरेको संस्थाका अध्यक्ष हस्त परियारले जानकारी दिनु भयो ।

IMG_0591

नयाँ पुस्ताहरुले समाजलाई योगदान दिने स्रष्टाहरुलाई मृत्युवरण पछि पनि सम्झनु पर्छ भन्ने शन्देशको थालनी गर्न यो अभियान शुरु गरको साहित्य चौतारी झापाका संरक्षक देवि भक्त श्रेष्ठले जानकारी दिनु भयो ।IMG_0586

अर्जुनधारा जलेश्वरका पीठाघीश पण्डित  अग्निप्रसाद सिग्देलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा केशव आर्चाय, अभिरुद्र ओली, राजेन्द्र संग्रौला,हरीचरण बानिया, विनोद खनाल, सञ्चारकर्मी भरत प्रसाई, समिति सदस्य चित्रा पौड्याल,सुरज मैनाली , सतिस निरौला लगायतको उपस्थिती रहेको थियो ।

IMG_0585

पण्डित सिग्देल तथा संरक्षकद्वय श्रेष्ठले १६वटा दियोमा दिप प्रज्वलन गरि  पृत्री एवं दिवंगत स्रष्टाहरुप्रति श्रद्धाभाव प्रकट गर्नु भएको थियो ।

कार्यक्रममा संरक्षक देवि भक्त श्रेष्ठले यो अभियान पुस्तामा हस्तान्तरण गर्दै लैजान सवैले भुमिका खेल्नु पर्नेमा जोड दिनु भयो ।   

IMG_0584

कार्यत्रममा दिवंगत ६० भन्दा बढी श्रष्टाहरुलाई स्मरण गर्दै उहाँहरुले साहित्य, कला संगितका क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरिएको थियो ।