इलाम   । मौसम  अनुकूल भएपछि  इलाममा किवी खेती फस्टाएको छ ।

   इलामको सुलुबुड, साँखेजुड, जमुना, माइमझुवा, माबु, माइपोखरी, बरबोट, चमैता, शान्तिडाँडा, बाँझोका किसानले पर्याप्त मात्रामा किवी खेती गरेका छन् । 

केही वर्षअघि मात्र सुरु भएको किवी खेती इलामका ३५ स्थानमा विस्तार भइसकेको र यसको खेतीमा २ लाख भन्दा बढी किसान  संलग्न रहको एक तथ्याङकले बताएको छ । 

किवी खेतीबाट वार्षिक पाँच करोड बढीको कारोबार हुने गरेको छ । अग्र्यानिक रुपमा किवी खेती गर्दा बजारको समस्या नहुने भएकाले इलाममा किबीमा किसानको आकर्षण बढेको हो ।

एक बोटमा करिव दुई सय किलोसम्म उत्पादन हुने किवी मकैबारी, चियाबारी र अलैंची लगाइएको बारीमा समेत मोफसल टि भीका प्रबन्ध निर्देशक एवं सञ्चारकर्मी भरत प्रसाईले तयार पार्नु भएको स्थलगत रिपोट तललिङ् गरिएको छ ।