world-cup__20231017195904काठमाडौं । नेपालले लाओसलाई उसकै घरेलु मैदानमा हराएको  छ ।

लाओसलाई पराजित गर्दै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

नेपालका मनिष डाँगीले गरेको एक मात्र गोल मद्दतले लाओसलाई १-० ले पराजित गर्दै समग्रमा २-१ ले विजयी भएको हो ।

यसअघि बिहीबार काठमाडौंको दशरथ रंगशालमा भएको पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो ।

अब नेपालले छनोटको दोस्रो चरणमा समूह जी मा यूएई, बहराइन र यमनसँग होम एण्ड अवे गरेर ६ खेल खेल्न पाउने छ ।