बिर्तामोड । भरत भाबुक प्रसाई,    बिर्तामोड नगरपालिकाले वडा नम्बर ३ स्थित बिर्ता बजारमा अनुगमन गरेको छ ।

नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको नेतृत्वमा आज खाद्यन्न तथा मासु पसलहरुको अनुगमन गरिएको हो । 

WhatsApp Image 2023-10-17 at 6.25.24 PM

अनुगमनमा केहि डेट एक्सपायर पेय पदार्थ फेला परेको थियो । अर्विन आछामेले सन्चालन गरेको अम्बिका किराना पसलमा भारतीय ब्राण्डको केहि थान 'निम्बु फ्रेस' म्याद नाघेको तर बिक्रीका लागि राखिएको फेला परेको थियो ।

अनुगमन टोलीले म्याद नाघेको अखाद्य वस्तु जफत गरि आगामी दिनमा यस प्रकारको गल्ती दोहोरिन नदिन सचेत गराएको छ ।

यस्तै गणेश फ्रेस हाउस दुर्गन्धित रहेको पाईएकोले सरसफाईमा ध्यान  दिन निर्देशन गरिएको छ । अनुगमनका क्रममा अधिकांसले नगरमा  व्यवसाय दर्ता नगरेको, नविकरण नगरेको र मुल्य सूची ठिक ठाउंमा नराखेको फेला परेको थियो ।

उनीहरुलाई नगरपालिकामा आवश्यक कागजात सहित ३ दिन भित्र हाजिर हुन निर्देशन गरिएको छ ।

नगर उप प्रमुख संग्रौलाले अनुगमनलाई नियमित गरिने जानकारी दिनुभयो ।    जनताको स्वास्थ्यलाई असर गर्ने अखाद्य वस्तु विक्री नगर्न उहांले सबैलाई आग्रह गर्नु भयो ।

WhatsApp Image 2023-10-17 at 6.24.44 PM

नगर उप प्रमुख संग्रौलाले बजारमा अखाद्य वस्तु वेचेको प्रमाण सहित सुराकी गर्नेलाई नगद ५ सय रुपैयां पुरस्कार प्रदान गरिने पनि बताउनु भएको छ ।


बजार अनुगमनमा कार्यपालिका सदस्य तिला गौतम, संगिता सिवा, वडा नम्बर ३ का वडा सदस्य हरि बांस्कोटा, नगरका राजस्व शाखा प्रमुख पदम घिमिरे , बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य गुन्जन प्रसाई लगायत जनप्रतिनिधि तथा  जनपथ प्रहरी र नगर प्रहरीको सहभागिता रहेको थियो ।