काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले चार खेल खेलेकोमा सतप्रतिशत जित निकालेको छ ।

हङकङ र यूएईसँग भएका दुई/दुईवटै खेल जितेर नेपाल फाइनल प्रवेश गरिसकेको छ । यी सबै खेल मुलपानी क्रिकेट रंगशालामा भएका हुन् ।

नेपालले यूएईसँगको दोस्रो खेल आज खेलेको हो । आजको खेलमा नेपाल यूएईमाथि ५ विकेटले विजय भयो ।

पहिलो क्रमका ब्याटर सस्तैमा गुमाए पनि नेपालले उत्कृष्ट पुनरागमन गर्‍यो र जित हात पार्‍यो ।