पोखरा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कहिल्यै नझुक्ने बताएका छन् ।

‘मैले दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रचण्ड गुहारेको भनेर प्रचार भइरहेको छ,’ उनले प्रचण्डप्रति ईंगित गर्दै भने, ‘काटिएर जाओस् यो शिर, त्यस्ताहरूसँग शिर झुक्दैन ।

भोकै मर्छ, बाघ घाँसका त्यान्द्रा टिप्न जाँदैन ।

ओलीले देशमा राजनीतिक रूपमै डकैती भइरहेको आरोप लगाए ।

भन्सार र एयरपोर्टबाट कर छलेर तस्करी भइरहेको र सरकारले कारबाही गर्न नसकेको उनको जिकिर छ ।