विराटनगर  । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सत्ता गठबन्धन दललाई पनि सरकारमा सहभागी गराउने प्रस्ताव राखेका छन् । तर नेकपा एमालेले दुई दल (एमाले र कांग्रेस) को मात्र सरकार बनाउनु पर्ने अडान लिएको छ ।

माओवादीलाई समर्थन गर्ने पार्टीको निर्णयविरुद्ध विद्रोह गरेका नेपाली कांग्रेसका कार्की एमालेका समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

१ कात्तिकमा विश्वासको मत लिएका मुख्यमन्त्री कार्कीलाई एमालेले दशैं अगाडि नै मन्त्रिपरिषद् विस्तार गर्न दबाब दिएको थियो ।

तर केन्द्रीय नेतृत्वले असहमति जनाएपछि मुख्यमन्त्री कार्की एमालेको दबाब छल्न अधिकांश समय विराटनगर बाहिरै बसे ।