बिर्तामोड ।   भरत भाबुक प्रसाई ,  २०७६ साल चैत महिनामा, कोभिड र बिपत व्यवस्थापनका निम्ति स्थापना गरिएको एकका लागि एक अभियानले अन्तराष्ट्रिय झापाली समाजका नव निर्वाचित कार्यसमितिलाई सम्मान गरको छ । 

IMG_0584 1

 झापाको बिर्तामोड २ स्थित साहरा साकोसको सभा हलमा आयोजित कार्यक्रममा झापाका विभिन्न सामाजिक अभियन्ता, पत्रकारहरुको उल्लेखिय सहभागिता रहेको थियो ।

IMG_0624

कोभिडले मुलुक आक्रान्त पारेको समयमा मानव जिवनको रक्षाका निम्ति अन्तराष्ट्रिय झापाली समाजले सहयात्री बन्दै २५ लाख भन्दा बढी आर्थिक सहयोग प्रदान गरेको थियो । 

IMG_0577

नव निर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले पत्रकारहरुको उपचारको निम्ति र कोभिडले मुलुक आक्रान्त भएको बेला विपन्न परिवारको जिवन रक्षाका निम्ति एकका लागि एक अभियान र अन्तराष्ट्रिय झापाली समाजले खेलेको भुमिकाको प्रसंशा गर्नु भयो ।

समाजका नव निर्वाचित अध्यक्ष मुकुन्द ढुङगानाले एकका लागि एक अभियान संगको सहयात्रा सुखद रहेको जनाउदै आउँदा दिनमा थप उर्जाका साथ काम गर्ने योजना रहेको बताउनु भयो । 

IMG_0636

 कार्यक्रमा एक का लागि एक अभियानका  संयोजक एवं साहरा सकोसका कार्यकारी निर्देशक महेन्द्र कुमार गिरीले झापाका उत्पादनलाई विश्व वजारमा पु¥याउन  अन्तराष्ट्रिय झापाली समाजले सहयोग गर्दै,  झापाको कृषी प्रबद्वनमा टेवा पु¥याउन आग्रह गर्नु भयो ।

उहाँले सधै बिपतका बेला चाउ चाउ बाडेर जिम्मेवारी बाट भाग्नु नहुने बताउदै,  बिपत ब्यवस्थापनका लागि भवन र अन्य संरचनाको पुर्व तयारीमा एकका लागि एक अभियान जुटिरहेको बताउनु भयो । 

IMG_0602

 कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष कुमार भट्टराई, अन्तराष्ट्रिय झापाली समाजका संरक्षक तथा पूर्व अध्यक्ष दिनेशकुमार पोखरेल , झापा गोल्डकपका अध्यक्ष एवं एकका लागि एक अभियानका सह संयाेजक विनोद बस्नेतले अन्तराष्ट्रिय झापाले पु¥याएको योगदानकाे बिषयमा चर्चा गर्नु भएको थियो ।

IMG_0590

कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघका उपाध्यक्ष केशव भट्टराईले गर्नु भएको थियो ।