अर्जुनधारा ।  भरत भाबुक प्रसाई ,  उहाँ हुनुहुन्छ अर्जुनधारा वडा नम्वर ६ निवासी ६५ बर्षका सिताराम दास, पेशाले उहाँ डकर्मी हुनुहुन्छ ।

2कसैको जिवनमा बज्रपात पर्न लाग्यो भने सप्पै कुराले एकै चोटी छोप्छ भन्ने गरिन्छ, ठिक त्यस्तै गरि दुखका बेला साथ दिनु पर्नेमा आफ्नो श्रीमति छाडेर गइन ।

Capture

जमिनको नाममा एक चिम्टी मोटो छैन  अरुले दिएको खाएर जिवन बिताउनुको पिडा त छदैछ, अर्का तिर बालक छोरीले कमाएर बाबा लाई पाल्नु परेको छ ।

भनिन्छ मन्दिरमा गएर प्रभुलाई दान गर्नु भन्दा एक खाली पेटको भोक भर्नु नै पुण्यको काम हो ।

जव हाँमी त्यहाँ पुग्यौ  आँखा भरी आँशु पार्दै उनी हामीलाई अनुरोध गर्दै भन्न थाले मलाई केही चाहिदैन  बस मलाई बचाइ दिनुहोस । 

IMG_0591

उनि सकुशल हुदाँ सम्म उनकी श्रीमति संगै   थिइन । 

आवाज विहिनहरुको आवाज बन्दै आएको युवा नागरिक समाजले अति संवेदनशिल अवस्थामा रहेको सताराम दासलाई उद्वारगरि मेचि प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना गराउन  सफल भएको छ ।

युवा नागरिक समाजका अध्यक्ष केशव  भण्डारीले  नेपाली समाजमा हराँउदै गएको मानवता र नैतिकता सहितको सामाजिक न्यायको स्थापना गर्नु पर्नेमा जोड दिनु भयो । 

उहाँले विपन्न लाई सहयोग गर्नु पर्छ भन्ने सोच केवल भनाई र भाषणमा मात्र सिमित भएकाले  समाजको रुपानतरण हुन नसकेको बताउनु भयो । 

IMG_0584

 पैसा नभएकै कारण मान्छे मृत्यु कुर्न बाहेक विकल्प नभएको बताउदै संस्थाका उपाध्यक्ष देव संग्रौलाले  राज्य उसादिन भएकोमा दुख ब्यक्त गर्नु भयो । 

 बिरामीको स्वास्थ्य अवस्था अध्ययन गर्दै,मेचि प्रादेशिक अस्पतालका प्रमुख  डा. रामबाबु खड्काले  युवा नागरिक समाजको कामलाई प्रसंसा गर्दै निशुल्क उपचार गरिदिने धोषणा गर्नु भएको थियो । 

मेचि प्रादेशिक अस्पतालका  प्रमुख  डा  . रामबाबु खड्का आइकन  प्रादेशिक अस्पतालमा केहि परिर्वनको आशा जागेको नागरिक युवा समाज भद्रपुरका अध्यक्ष प्रेम खनालले जानकारी दिनु भयो । 

63

   उद्वार कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष डिल्लीराम शुब्बा, केन्द्रिय सदस्य कविता ओलि मैनाली,लक्षमण बस्नेत, रञ्जन मल्लिक, डा. नविन बाँस्कोटा,बिकास ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

संस्थाले अस्पताल बस्दा लाग्ने खर्च संकलन गरेर विरामीलाई दिदै दासको जिवन बचाउन सबै सहयोगि मनहरूलाई अनुरोध गरेको छ ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव  चेतनाथ निरौलाले गर्नु भएको थियो ।