काठमाडौं । आईसीसी टी–२० क्रिकेटको आज हुने सेमिफाइनलमा नेपाल र यूएईबीचमा प्रतिस्पर्धा हुँदैछ ।

अहिले जारी आईसीसी टी–२० विश्वकपको छनोट प्रतियोगिता सेमिफाइनल नेपालका लागि निर्णायक मानिएको छ। यो खेलमा जित्ने टोली विश्वकपमा छनोट हुनेछ ।

खेल मूलपानी क्रिकेट मैदानमा आज बिहान ११ बजे देखि सुरु हुन लागेको छ ।