भद्रपुर ।   भरत भाबुक प्रसाई, झापाको भद्रपुरमा सम्पन्न जिल्ला स्तरिय अन्तरपालिका प्रथम मेयर कप प्रतियोगिता अन्र्तगत शुक्रबार भएको खेलमा बिर्तामोड नगरपालिाकालाई हराँउदै  भद्रपुर नगरपालिका फाइनलमा प्रवेश गरेको छ । 

1

  झापाकै पुरानो नगर भद्रपुरका युवाहरुलाई खेलमा सहभागिता गर्ने उदेश्यले  प्रतियोगिताको आयोजना गरिएको भद्रपुर युवा परिवारका संयोजक शुसिल यादवले जानकारी दिनु भयो । 

झापा भित्र रहेको १५ पालिकाहरुमध्ये १२ वटाको सहभागिता रहेको प्रतियोगिताको फाइल शनिबार हुदैछ ।

5

  प्रतियोगिता भद्रपुर स्थित भद्रपुर माध्यमिक विद्यालयको भइरहेको  छ ।

  प्रतियोगितामा अर्जुनधारा, कमल र बुद्वशान्ति नगरपालिकाले सहभागिता जनाएका छैनन् ।

9

भद्रपुरलाई खेलकुदको हव बनाउने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलले बताउनु भयो ।

युवालाई कुलतको संगतबाट टाढा राख्न यस किसिमका प्रतियोगिताले मद्वत पुग्ने पोखरेलको भनाइ छ ।

उहाँले रात्रिकाकालिन प्रतियोगिता आयोजनाको उदेश्य माथी प्रकाश पार्दै यो आफैमा फरक प्रयोग भएको बताउनु भयो ।

8 प्रतियोगितामा विजय हुने प्रथमलाई  ५१ हजार, दोस्रो हुनेलाई ३१ हजार, म्यान अफ दी टुर्नामेन्ट ५१ सय, डिफेन्डर,स्टाइकर ,लिफ्टर, ब्लकर र सर्भरलाई २१ सय पुरुस्कार प्रदान गरिएको छ । 

4

भद्रपुर युवा परिवारका संयोजक  यादव झापाभित्र रहेका पालिकाहरुबिच खेलको माध्यमद्वारा आपसि सम्बन्ध स्थापित गर्दै युवाहरुलाई कुलतको दलदल बाट जोगाउन भलिबल प्रतियोगिताको आयोजना गरिएको बताउनु हुन्छ ।

6

नेकपा माओबादी भद्रपुरका अध्यक्ष शिवराज भण्डारीले प्रतियोगिताले सामाजिक सम्बन्ध स्थापित गर्न मद्वत पग्ने बताउदै प्रतियोगिता भब्य रुपमा सम्पन्न हुनेमा आशाबादी रहेको बताउनु भयो । 

भद्रपुर युवा परिवारका सह संयोजक किस्ना बनले भद्रपुरलाई खेलप्रेमीको संगम स्थल बनाउने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो ।

3

  शनिबार बेलुकी ६ बजे भद्रपुर नगरपालिका र दमक नगरपालिका बिच भएकाे फाइनल   खेल मा भद्रपुर नगरपालिका विजयीभएकाे भद्रपुर युवा परिवारका सह संयोजक भरत यादवले जानकारी दिनु भयो ।

कार्यक्रम सञ्चालन प्रिति राईले गर्नु भएको थियो ।