काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले जाजरकोट भूकम्प प्रभावितहरूलाई सहयोग गर्न २५ लाख रकम सरकारलाई दिने भएको छ ।
आइतबार बसेको सो पार्टीको केन्द्रीय पदाधिकारी बैठकले पार्टीका तर्फबाट २५ लाख र प्रदेश तथा सङ्घीय सांसदको एक महिनाको तलब सरकारको दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।














