झापा-राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले कात्तिक २५ गते बिर्तामोडमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

पार्टी अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा राप्रपाले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको हो ।

download 2राप्रपा र राप्रपा सम्वद्ध जनवर्गीय संगठनको आयोजनामा दीपावली तथा छठ पर्वको अवसरमा कार्यक्रम आयोजना गरिएको राप्रपा झापाका अध्यक्ष केशवप्रसाद ओझाले बताए ।

शुभकामनासँगै सामूहिक देउसी भैलो पनि आयोजना गरिएको अध्यक्ष ओझाले जानकारी दिए ।