काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले टी-२० विश्वकपमा छनोट हुने राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।

सोमबार बसेको क्यानको बोर्ड बैठकले, १० वर्षपछि विश्वकपमा छनोट हुन सफल भएकोमा टोलीलाई ५० लाख रुपैयाँ दिने निणर्य गरेको क्यानका सचिव पारस खड्काले बताए ।

यस्तै बैठकले एसीसी यू-१९ प्रिमियर कप विजेता टोलीका सम्पूणर् सदस्यलार्ई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार दिने निणर्य गरेको छ ।

काठमाडौंमा भएको टी-२० विश्वकपमा छनोटको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा छनोट भएको थियो ।

तर फाइनलमा भने नेपाल ओमानसँग पराजित भएको थियो ।

बैठकले हङकङमा हुने महिला टी-२० आई सिरिजमा नेपाली राष्ट्रिय महिला टिमले सहभागिता जनाउने निणर्य पनि गरेको खड्काले विज्ञप्ति निकालेर जानकारी दिएका छन्।