झापा । हरिता दाहाल, बडादशै सकिएको ठीक १५ दिनमा मनाइने दिपावली नेपालीको दाेश्रो महान चाड हो ।

C050EB7D-01DC-488F-8A63-995D8759E79B

अध्यारोबाट उज्यालो तर्फ लैजाने पर्व अथवा दिप बालेर औशिको रातलाई पनि चिर्ने पर्व भएकोले यो पर्वलाई तिहार वा दिपावली भन्ने गरिन्छ ।

यसलाई यमपञ्चक पनि भनिन्छ । ५ दिनसम्म मनाइने यो पर्वमा दसैं अर्थात दुर्गा पुजा भन्दा धेरै रमाइलो हुन्छ ।

दीपावलीका ५ दिनमा प्रत्येक दिनको आफ्नै महत्व रहेको छ । 

हामी मानिस बाहेक हाम्रा वरिपरि या हामीसँगै रहने, वस्ने पशुपंक्षी तथा जनावरको पनि सम्झना गरेर पुजाआजा गरिन्छ ।

उनीहरुको सम्मान गर्नु विश्वमै एउटा अनौठो र सम्झन लायक कार्य हो । यसरी तिहारको पाँचौ दिनमा भाई पूजा गरे पछि तिहार पर्व समाप्त हुन्छ ।

 

तिहार किन मनाउन थालियो भन्ने बारेमा विभिन्न भनाइहरु या विश्वासहरु छन् ।

मुख्य गरेर लंकाका राजा रावणलाई रामले वध गरेर सीतालाई लिएर अयोध्या आइपुग्दा अयोध्यावासीले दिपावली गरेर खुशीयाली मनाएको विश्वासमा यो पर्व मनाउन लागिएको हो ।

images (2)

यस्तै अर्को विश्वासमा दानवहरुको ठूलो मनपरीले देवता तथा मानिसलाई दुःख दिए ।

देवताहरुले भगवानलाई आराधना गरेर दानवलाई परास्ता गरे । यसरी देवताहरुको राज्य स्थापना गरेको खुसीमा बलिराजले यो पर्व मनाउन शुरु गराएको भन्ने चलन रहेको छ ।

यसरी नै अर्को भनाइमा यमलोकमा यमराज बस्छन् । उनकी बहिनी यमुना चाही पृथ्वीमा । यमराजलाई मृत्युका राजा भन्ने गरिन्छ ।

यमराजलाई बहिनीले पृथ्वीमा आउन निम्ता दिइन् । बहिनीको निम्ता स्विकारेर उनी पृथ्वीमा आए । यमराज पाँच दिनसम्म यमुनाकहाँ बसे ।


The_Rangoli_of_Lights

पाँचौ दिनमा यमुनाले दाजुलाई पूजा गरिन् । टिका लगाई दिइन् । उपहार दिइन् । त्यो तिथी कात्तिक कृष्णपक्षको दित्तिया तिथी थियो । यमराज बहिनी देखी धेरै खुसी भई वरदान माग्न बहिनीलाइ भने ।

यमुनाले मलाई भेटन हरेक वर्ष पृथ्विमा आउनु भनिन् । दाजु बहिनीको प्रेम सधै अटल रहोस  र आयु बढोस भनेर पनि वर मागिन् ।

यमराजले वर पुरा हुने वचन दिएर आफ्नो बाटो लागे । त्यही बेला देखी दिपावली मनाउने र भाई टिका लगाउने चलन चलेको विश्वास गरिन्छ ।

हरेक वर्ष यमराज यमपञ्चकका समयमा पृथ्विमा आउछन भन्ने मान्यता रहेको छ । भनिन्छ यमराज पृथ्बीमा आएका बेलामा मानिसको मृत्यु भयो भने नर्क जादैनन् भन्ने पनि विश्वस गरिन्छ ।


भनाइ अनुसार यमराज सूर्यका छोरा हुन् । उनी पृथ्वीमा आउदा पाप धर्म हेर्ने कोही नहुने हुँदा सबैलाई माफ गरिन्छ ।

यसैले तिहार पौराणिक सस्कृति हो र ई.स पूर्व ४६७ अघि देखि नै नेपालमा सस्कृतिको रुपमा मनाउन थलिएको प्रमाण लाजिम्पाट र तिलगंगामा स्थापित त्रिविक्रम ब्रामन मूर्तिहरुले जनाउछन् ।

 यसरीनै लक्ष्मिपूजा किन गरिन्छ भन्नेबारेमा चाही यसो भनिन्छ । मृत्यु हुनेहरुले नरक देख्नु नपर्ने खुसीयालीमा लक्ष्मि पूजा गरिन्छ ।

 

यसैले तिहारमा भैली, देउसी खेल्दा “हामी यसै आएका हैनौ बलिमा राजाले पठाएको” भन्ने गरिन्छ ।

यस्तै हाम्रो धर्म सस्कृतिमा बिध्नविनासक एकमात्र माङ्घगल्यदेव गणेशलाई अग्रपूजाको सम्मान छ ।

यसैले तिहार सुरु हुनु एक दिन अघि गणेश अथवा हात्ती पुजन गर्ने चलन पनि रहेको छ ।

यो भनेको कात्र्तिक कृष्ण द्धादशी हो ।, भोली पल्टबाट यमपञ्चक सूरु हुन्छ ।

गणेशको पूजन पस्चात गरिने मांगलिक कार्यले विध्नवाधा हटेर जान्छन् र पाप प्रायश्चित गर्ने अवसर प्राप्त हुन्छ भन्ने मान्यताले मृत्युपछि मुक्त आत्मालाई दुःख नहुने भनाई रहेको छ ।

 र, आज पनि गर्दछ । यसबाट घर मालिकले राम्रो, नराम्रो खबर ल्याएको आफन्तकामा केही भएको या कोही नराम्रो या राम्रो खबर लिएर आउँदैछन भन्ने विश्वास गर्दथे र सोही अनुसार चल्दथे ।

दोश्रो, कागले खेतीबारी अनि घर वरिपरिका कीरा, फट्याङग्रा, फोहोर खाएर वातावरण सफा राख्ने गर्दछ । यसैले मानव जीवनमा काग पनि एउटा सहयोगी पंक्षीको रुपमा मान्ने चलन रहेको हो ।

यसै दिन आयूवैद शास्त्रका पर्वतक, देवताहरुका वैध धवन्तरीको जन्मदिन पनि धुमधामका साँथ मनाउने गरिन्छ । दोश्रो दिनलाई कुकुर तिहार भनिन्छ । यस दिनमा यसरी नै कुकुरलाई चोखो, नितो गरेर पुजा गरिन्छ, मिठो मसिनु खान दिइन्छ ।

कुकुरलाई पनि यमराजको दुतको रुपमा पुजा गर्ने चलन छ । कुकुर एउटा असल प्राणी हो । उसले घरको, घरका परिवारको सुरक्षा गर्दछ । एउटा परिवारको साथीको सदस्यको रुपमा रहन रुचाउछ ।

रातभर घरको, गाईवस्तुको पहरा दिन्छ । ऊ निदाए पनि सानो आवाजले नै विउँझने र भुक्ने हुँदा चोर, डाँका या अन्य जनावरहरु चाँडै घर भित्र या गोठमा प्रवेश गर्न सक्दैनन् । कुकुर मालिकप्रेमी हुन्छ ।

ऊ घरको मालिकको भलो चिताउँछ । उसको सुँघ्ने क्षमता धेरै तेज हुन्छ । कुनै पनि कुरा ऊ सुँघेरै पत्ता लागाउछ ।

यसैले कुकुरलाई अनुसन्धानमा मुख्य सहयोगीको रुपमा लिइने गरिन्छ । यही कारणबाट पनि कुकुरलाई पूज्ने चलन चलेको हो । तेश्रो दिन अर्थात लक्ष्मीपुजा हो । यस दिनमा नियम अनुसार बिहान गाईको पुजा गरिन्छ ।

गाईलाई लक्ष्मी अथवा आमाको रुपमा हिन्दुहरुले मान्दै आएका छन् । जन्म दिने आमाको कारणवश मृत्यु भएमा या दूध नआएमा गाईको दूध पियााएर हुर्काउने चलन छ ।

यस्तै गाई सर्वश्रेष्ठ प्राणीको रुपमा लिइन्छ । यसको पिसाब, पुजाआजामा तथा चोखो हुनलाई प्रयोग गरिन्छ । गोबरबाट खेतवारी मलिलो हुन्छ । गोवरको प्रयोग भएको या लिपेको ठाउँमा किटाणुरोग फैलिदैन भन्ने मान्यता रहेको छ ।


गाई मरे पछि पनि यसको हड्डी या छालाबाट विभिन्न सामाग्री तयार गरिन्छ जस्तो बोनमिल, पेटी, वेल्ट, जुत्ता–चप्पल आदि । यसरी सर्वगुणी गाइको विहान पुजा गर्दा गाइलाई धोइ पखाली सफा पारिसकेपछि विधी पुर्वक गाइका खुरमा तेल लगाइन्छ ।

जिउमा बिभिन्न रंगका पानी टिका लगाएर मन्त्र उचारण सहित पूजा गर्दै सयपत्रिको माला लगाई दिएर ढोग्ने गरिन्छ । मिठो मसिनो जस्तै भूस, रोटी, पिठो खान दिइन्छ ।     

 वैदिककालमा गाईलाई मुद्राकै रुपमा समेत प्रचलनमा ल्याइएको थियो । यसको कारण गाई सम्पन्नताको प्रतिक थियो । गाईवीना कृषि, व्यापार वाणिज्य असहज थियो । यसैले पनि गाई पूजा गर्ने सस्कृति चलेको मानिन्छ । यसैदिन बेलुका धनकी देवी लक्ष्मीको पुजा गरिन्छ ।

घरघरमा सफासुघर, लिपपोत गरेर बत्ती९दियो० बालेर झ्याल ढोका खुल्ला राख्दा धनकी देवी प्रसन्न भएर चिताएको पुरा गरिदिन्छिन् र धनसम्पत्ति बढ््छ भन्ने विश्वास गरिन्छ ।

 यसैले यस दिन अर्थात लक्ष्मी पुजाका दिन घरघरमा द्वारद्वारमा मैनबत्ती, दियो बालेर खडकुलामा नहुनेले थालमा पैसा, चामल राखेर लक्ष्मिको पुजा गर्ने चलन रहेको छ ।

रातभर तास, जुवा,९रमाइलोको लागि भैली खेलेर औँसीको रात भए पनि दियाको उज्यालोमा रात विताउने तथा रमाइलो गर्ने गरिन्छ ।

यसै दिन नेपाली मात्र नभएर विश्वमा नै चिनिएका माहकवी लक्ष्मीप्रसाद देवकोटाको जन्म भएको दिन हो ।

मानिस इश्वरको रुपमा छ र आफैले आफैलाई चिन्न अनि मानवको सेवा गरे पुण्य प्रप्त हुने कुरा दिएर गए ।

उनले लेखेको साहित्य र देखाएको असल व्यवहारले उनी सधै पुँजिदै आएका छन् । हरेक वर्ष यसै दिन उनको पनि भव्यताका साथ सम्झना गरिन्छ ।


सँस्कृतिलाई देखेर हजारौ पश्चिमाहरुले यसको अध्यायन र यसैमा पिएचडी गरिसकेका छन् । उनीहरु हरेक दिन हाम्रो परम्परा, रहनसहन र सस्कृति सिक्न र रमाउन आउँछन् । बिडम्बना हामी आप्mनो सस्कृति विर्सिदै गएका छौ । 

तिहारमा पकाइने सेलरोटीको महत्व र फाइदा वुझन सकेका छौनौ । देउसी भैलो खेल्न लाज लाग्न थालेको छ । सयपत्री र मखमली हराउदै गएको छ ।

 हामीले हाम्रा सन्ततीलाई हाम्रो सस्कृति र परम्परामा रमाउन सिकाएका छैनाै । यसले विस्तारै हाम्रो पहिचान मेटाउँदै जानसक्छ ।

। चाहे जे होस, दौरा सुरुवाल, गुन्यूउ चोलीमा सजिएर देउसी भैलो खेल्ने र सेलरोटी आनि मखमली फूलको मालाले दाजुभाइ दिदी बहिनीको दिर्घायु र सु–स्वस्थ्यको कामना गर्दै यस पल्टको तिहारको उमंग हरेक नेपालीका घरमा आओस, यही छ दिपावलीको शुभकामना ।