भरत प्रसाई । बिर्तामोड, बिश्वकै प्राचिन मानिएको डोरी तान खेललाई संरक्षण हेतु प्रथम जिल्ला स्तरीय डोरीतान आउटडोर च्याम्पीयनसिप २०८० हुने भएको छ ।

Capture 2प्रतियोसगतामा झापा जिल्लाभरिका  १५ पालिका सहित १८ टिमको सहभागिता रहने आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

खेल अन्तराष्ट्रिय डाेरीतान महासंघको नियम अनुसार नकआउट प्रत्येक बेस्ट अफ थ्रीमा  आधारित हुने   आयोजकले जनाएको छ । 

5 1प्रत्येक टिममा ८ जना खेलाडी रहने छन् । यो खेललाई अंग्रेजीमा  थग अफ वार पनि भनिन्छ ।

५ वटा प्रदेश भित्रका ५३ जिल्लामा संस्थागत रुपमा बिकास गरिएको डाेरीतान संघले विश्वमा चर्चा कमाएको  खेललाई संरक्षण गर्न विभिन्न अवसरमा प्रतियोगिताको आयोजना गरिदै जाने डाेरीतान संघ कोशी प्रदेशकी अध्यक्ष रिता न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले यस भन्दा अगाडी पनि अन्तराष्ट्रियरुपमा नेपाली खेलाडीहरुले राम्रो सफल्ता हासिल गरिहेकाले खेल र खेलाडीको संरक्षणका निम्ति सबै निकाय र तहले भुमिका खेल्नु पर्नेमा जोड दिनु भयो । 

22222 संघको आयोजनामा सम्पन्न हुने प्रतियोगितामा  बिजेता लाई  ३१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र  उपबिजेतालाई  २१ हजार ट्रफी, मेडल र प्रमाणपत्र  रहेको झापा डाेरीतान संघकी अध्यक्ष युनिता दवाडीले जानकारी दिनु भयो ।

उहाँले सहभागि प्रतियोती एक पालिकाको भएर अर्को पालिकाबाट सहभागिता जनाउन नपाउने बताउनु भयो ।

यो आफैमा नयाँ खेल भएकाले २४ गते बिहान ७ बजे देखि पूर्व तयारी गर्न चाहने पालिका भित्रका खेलाडीहरुले सम्पर्क गर्न सक्नुहुने जानकारी दिनु भयो ।

6 1

डोरीतान संघका केन्द्रिय उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी  सुवास श्री  पोखरेलले देशलाई विश्व सामु चिनाउन यस्ता खेलहरु कोशेढ्ङगा सावित हुने बताउनु भयो ।

उहाँले लोप हुन लागेको प्राचिन खेलको संरक्षणमा लाग्न आग्रह गर्नु भयो । स्थापनाको छोटो समयमै मोरङगको १७ जिल्लामा समिति विस्तार गर्न सफल भएकाेमा आफुलाई खुशी लागेको केन्द्रिय उपाध्यक्ष पोखरेलको भनाइ छ ।

१४ जिल्लालाई समावेश गराएर प्रदेश स्तरीय प्रतियोगिता सम्पन्न गर्न सफल पश्चात झापामा प्रतियोगिताको आयोजना गरिएको कोशी प्रदेशकी अध्यक्ष न्याैपानेले   बताउनुभयो ।

बिर्तामोड नगरपालिका स्थित अनारमनी क्याम्पसको खेल मैदानमा  प्रतियोगिता कात्तिक २४ गते बिहान १० बजे देखि  ५ बजे सम्म   हुने आयोजकले जनाएको छ ।