सुर्खेत । जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, का ३२ वर्षीय निरक विष्ट छन् ।
उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा आज बिहान मृत्यु भएको प्रदेश अस्पतालका डा. केएन पौडेलले जानकारी दिए ।
विष्टको आज बिहान ९ बजे उपचारको क्रममा मृत्यु भएको उनले बताए ।