मेचीनगर । झापामा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
नगरपालिका-७ सत्तिघट्टा बस्ने २१ वर्षीय अमित राजवंशी पक्राउ परेका हुन्।
उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले बिहिबार साँझ पक्राउ गरेको हो।
उनले सोही नगरपालिका-८ टोकला चिया बगानमा बालिकामाथि बलात्कार गरेको उजुरी थियो।
सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।














