भरत भाबुक प्रसाई  ।   झापा ,चलचित्रलाई चलायमान बनाउन अग्रज पत्रकार तथा कलाकार रमेश तिवारीको अध्यक्षतामा तदर्थ समिति गठन भएको छ ।

शुक्रबार बिर्तामोडमा आयोजित भेलाबाट चलचित्र संध झापाको तदर्थ समितिका अध्यक्षमा तिवारी सर्वसम्मत चयन हुनु भएको हो ।

समितिको उपाध्यक्षमा समीर सुवेदी,सचिवमा एकराज प्रधान, सहसचिवमा सुरज प्रधान र कोषध्यक्षमा शुभला तामाङ सर्वसम्मत चयन  भएका छन् । 

 त्यस्तै  समितिको सदस्यहरुमा सन्तोष न्यौपाने ,उद्वव पुरी, निराजन निरौला, रविकिरण बान्तवा, सुनिता तामाङ, अस्मिता शाखी, दिपेन भेट्वाल, सन्तोष शर्मा, अभिषेक धमला र नगेन्द्र नेपाल चयन भएका छन् । 

 संधका कोशी प्रदेश अध्यक्ष नगेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न  भेलामा केन्द्रिय सदस्य बलामीको प्रमुख आतिथ्यता रहेको थियो ।

  प्रमुख अतिथीले समाजको रुपान्तरण र पर्यटनको क्षेत्रको बिकासमा चलचित्रको भुमिका अहम हुने भएकाले पत्रकारीता क्षेत्रबाट त्यसमा कलम चलाउन जरुरी रहको बताउनु  भयो । 

 निर्वाचित अध्यक्ष तिवारीले सबैलाई समेटेर चलचित्रको बिकासमा आफ्नो नेतृत्वदायी भुमिका रहने बताउनु भयो । 

संघको विधानबमोजिम समितिले ६ महिना भित्रमा साधारणसभा गर्नु पर्नेछ ।