भरत प्रसाई ।कन्काई, विश्व शान्ति र हिन्दु धर्म संरक्षण हेतु झापाको पावनभुमी कन्काई कोटिहोममा आयोजित ३ दिने विश्व शान्ति विराट महायज्ञ अनुष्ठान आज शनिवार सम्पन्न हुदै छ ।

धर्म जागरण, विश्व शान्ति सहित चितापुजन जस्ता अनौठा कर्म गरिदै धर्मको कोठोर साधनाले मानिसको उद्भुत क्षमतामा निखार ल्याउन सक्छ भन्ने कुराको प्रस्ट उदाहरण यस महायज्ञले दिएको छ ।
गएकोे विहिबार २३ गते बाट सञ्चालित अनुष्ठानको आज शनिवार विधिपुर्वक सम्पन्न गरिदै छ ।
ॐआदी फाउण्डेशनको आयोजनामा सञ्चालित विराट महायज्ञ अनुष्ठानमा नेपाल लगायत विश्वका असंख्य भक्तजनको उपस्थिती रहेको थियो ।
विराट महायज्ञ अनुष्ठानमा १ सय ८ हवन कुण्ड रहेका छन् ।
अनुष्ठानमा महाकाली, शिव लिङग पूजा समेत गरिएको थियो ।
महायज्ञ अनुष्ठानमा एकदमै दुलभ चिता साधना समेत प्रस्तुत गरिएको थियो ।
४५ मिनेट चिता माथी बसेर साधना गर्दा पनि केही नहुुनु आफैमा अलौकिक साधनाका रुपमा मानिएको छ ।

ॐआदी फाउण्डेशनका सदस्य सोमनाथ गौतमका अनुसार यो साधना चितामा सुतेर गरिन्छ , जिवन अन्त्य भनेकै चिता भएकाले धर्मको मार्गमा लाग्न मनको एकाग्रता आवश्यक पर्ने उहाँको भनाइ छ ।
उहाँका अनुसार अनुष्ठानको बिचमा पुथ्वीयन्त्र राखिएको छ । जहाँ विश्वका २७ देशको माटो प्रतिस्थापन गरिएको छ । १ सय ८ हवन कुण्ड लाई पुथ्वीयन्त्रसंग जोडिएको उहाँले बताउनु भयो ।
ॐआदी फाउण्डेशनका प्रमुख महाराज आदि चन्द्र योगीको प्रमुखको आतिथ्यमा महायज्ञ अनुष्ठान भएको हो ।
यो १७ औ अनुष्ठान पछि १८ औ अनुष्ठान दुबइमा हुने ॐआदी फाउण्डेशले जनाएको छ । भक्तजनलाई कनै समस्या नहोस भनि कन्काई नगरपालिकाले बाक्लो मात्रामा ट्राफिक एव प्रहरी परिचालन गरेको थियो ।














