भरत प्रसाई।  झापा, हरेक वर्ष कात्तिक कृष्ण औँशीमा गरिने लक्ष्मी पूजा यो वर्षअघि एक दिनअघि अर्थात आज आइतवार राति गरिँदैछ । आजको दिन कुकुर तिहार, नरक चतुर्दशीसहित सुखरात्रीसमेत मनाईंदै छ ।

आजको दिन माता लक्ष्मी तथा भगवान गणेशको पूजा गर्दा हरेक व्यक्तिको भाग्य जाग्ने धार्मिक मान्यता छ ।

Laxmi-Puja

दीपावलीको दिन राति अर्थात आजको रातलाई महानिशाको रातसमेत भनिन्छ । 

आज लक्ष्मी पूजाका लागि दुई वटा शुभ मुहुर्तहरु छन् । पहिलो शुभ मुहुर्त प्रदोष कालमा छ ।

प्रदोष काल आज साँझ ५ः४३ बजेदेखि प्रारम्भ भएर राति ८ः२२ बजेसम्म रहने छ, जसमा वृषभ काल ९स्थिर लग्न० साँझ ५ः५४ बजेदेखि राति ७ः४८ बजेसम्म रहने छ । यो अवधिमा लक्ष्मी पूजा गर्नु सबैभन्दा उत्तम हुनेछ ।

अर्थात लक्ष्मी पूजा गर्नका लागि आज राति १ घण्टा ५४ मिनेटको समय पाइने छ । लक्ष्मी पूजाको दोस्रो शुभ मुहुर्त निशीथ कालमा पाइने छ । निशीथ काल आज राति ११ः५३ देखि राति १२ः४७ बजेसम्म रहने छ ।

diwali-candles

लक्ष्मी पूजाको दिन गणेशको पूजा गर्नाले हरेक प्रकारका वाधाहरु हट्नेछन् । भगवान गणेको पूजाबाट धन लाभको प्रयोगसमेत गरिन्छ । गणेश जीको पूजाले सन्तानको आयुको रक्षा हुन्छ भने बुद्धि प्रवल हुन्छ ।

श्री गणेशको पूजाले सन्तानको शिक्षामा उन्नत्ति–प्रगति हुन्छ ।