धनुषा । महोत्तरी प्रहरीको नियन्त्रणबाट भाग्न खोज्ने डाँकाहरूलाई गोली प्रहार गरी पुनः नियन्त्रणमा लिएको छ ।

thumb 1

धनुषा, महोत्तरी र रौतहटमा लुटपाट गरी फरार भएका डकैतलाई रौतहट गरुडा पानी टंकीबाट पक्राउ गरी ल्याउने क्रममा महोत्तरीको सोनमाबाट भाग्ना खोज्दा गोली प्रहार गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

 जनहितमा जारी

सर्लाहीको लालबन्दी नगरपालिका–२ नवलपुरका ३५ वर्षीय शक्तिकुमार पासवान र ३७ वर्षीय रितेश पासवानलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक मल्लले बताए ।

उनीहरूको साथबाट १ थान कटुवा पेस्तोल र ४ राउन्ड गोलीसमेत बरामद भएको छ । पक्राउ परेका शक्तिकुमार पासवानलाई २ राउन्ड र रितेश पासवानलाई १ राउन्ड गोली लागेको छ ।

दुवै जनालाई घुँडामा गोली लागेको प्रहरीले जनाएको छ ।