भरत प्रसाई ।बाह्रदशी, धार्मिक अहिष्णुता, विभेदलाई परास्त पार्दै हिन्दु सनातन धर्मलाई संरक्षण गर्न  धार्मिक अनुष्ठानले महत्वपूर्ण भुमिका खेल्ने  संधिय संसदका सभामुख देवराज धिमिरेले बताउनु भयो । 

Capture

 झापाको बाह्रदशी गाँउपालिका स्थित कन्चनगढधाम साधुकुटीमा आजबाट आयोजित श्रीमदभागवत धनधान्याचल राष्ट्र शान्ति पूर्वाञ्चल धार्मिक महामहोत्सवलाई समुद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । 

उहाँले मानव सभ्यताको बिकास भएको ऐतिहासिक स्थान साधुकटीको संरक्षणमा लाग्न सबैलाई आग्रह  गर्नु भयो । 

3333333

उक्त स्थान आज भन्दा ५० वर्ष पहिले साधुको कुटी रहेको बताउदै, तराईमा रहेको उच्च डाँडा जसको महिमा माहाभारत कथासंग जोडिएको प्रसंग उठान गर्नुृ भयो ।

  उहाँले नेपाली सनातन धर्मका लागि नयाँ नयाँ ग्रन्थ निर्माणको प्रेरणा साधुकुटी धामले प्रदान गरेको धार्मिक ग्रन्थमा प्रमाण भेटिएको बताउनु भयो ।

कुनै समय राजाहरुको ठाउँ, त्यो भन्दा पहिला इश्वरहरुको ठाँउ हुदै सिमलेहरुको बसोबास रहेको बताउनु भयो ।

२०३१ साल देखि २०३६ साल सम्म प्राकृतिक रुपमा रहेको सटा भटामा जनतालाई राख्ने सन्र्दभमा तत्कालिन सरकारले  हिजोको प्राकृतीक स्थितीलाई परिर्वतन गर्ने काम भएको  सभामुख घिमिरेले बताउनु भयो ।  

2

बालाचर्तुदशी पर्वलाई लक्षित गरेर आयोजना गरिएको महामहोत्सव को प्रमुख अतिथी बन्नु भएका सभामुख धिमिरले धामको बाटिका स्थलमा निर्मित शिवको प्रतिमा एवं श्री भानु भक्ति तिमल्सिना स्मृती कुञ्ज नामक आश्रमको अनावरण गर्नु भएको थियो । 

सात दिन सम्म सञ्चालन हुने श्रीमदभागवत महापुराणमा सुप्रसिद्ध कथावाचक श्री ईश्वर कृष्ण महाराजले कथा  वाचन गर्नुहुने छ ।

मंसिर १८ आज गते सोमवारदेखि २६ गतेसम्म ‘श्रीमदभागवत धनधान्याचल राष्ट्र शान्ति पूर्वाञ्चल धार्मिक महामहोत्सवको आयोजना गरिएको छ ।प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेद्वारा  पुराणको समुद्घाटन गरिएको थियो । 

शोभायात्रामा विभिन्न जातजातिका सांस्कृतिक पहिचान झल्कने झाँकीहरू पनि प्रर्दशन

 गरिएको थियो । झापाको महोत्सव अवधि भर सुप्रसिद्ध कथावाचक श्री ईश्वर कृष्ण महाराजले कथा वाचन गर्नु हुने छ ।