बिर्तामोड । बिर्तामोड नगरअस्पतालमा निशुल्क नर्मल डेलिभरी (प्रसूती) सेवा लिनेको संख्या २४ पुगेको छ । अस्पतालमा असार ३ गते आइतबार देखि २४ सै घण्टा नर्मल डेलिभरी सेवा सुरु भएपछि लाभ लिनेको संख्या २४ जना पुगेको हो ।

अस्पतालले बालरोग विशेषज्ञ सेवा थप गरेसंगै नर्मल डेलिभरी (प्रसूती) सेवालाई समेत अघि बढाएको थियो । नगर अस्पतालमा प्रसुती हुनेहरुको लागि मायाकोे झोलासमेत प्रदान गरिदै आएको छ । झोेलामा वच्चाको भोटो, टोपी, दौरा सुरुवाल दुई दुई थान, युरिन म्याट र आमालाई लुगा (म्याक्सी) एक एक थान उपलव्ध हुन्छ ।

barhadasi-puran-addनगर अस्पतालले प्रसुती सेवा लिनेहरुलाई १ हजार र सरकारी अस्पताल वा स्वास्थ्य केन्द्रमा नियमित गर्भवती जाँच (एएनसी) गराउनेहरुको लागि ८ सय रुपैयाँ थप गरि १८ सय रुपैयाँ नगद पनि प्रदान गर्दै आएको मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सुनिल अधिकारीले जानकारी दिनु भयो ।