प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

‍आज बिहान गंगालाल अस्पताल पुगेर प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

‘भर्खरै प्रधानमन्त्री ज्युले भेटेर डाक्टरहरूसँग उहाँको स्वास्थ्यबारे जानकारी लिनु भयो,’ गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले भने।

 गृहमन्त्री श्रेष्ठ नियमित उपचारका लागि मंगलबार राति गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारीमा भर्ना भएका थिए।

 जनहितमा जारी

गत असोज ३० देखि कात्तिक १ गतेसम्म उनी चीन भ्रमणमा गएका बेला मुटुमा समस्या (एक्युट मायोकार्डियल इन्फ्राक्सन) भएको थियो। त्यहीँ उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।