बिर्तामोड । भरत प्रसाई,  झापाको बिर्तामोडमा स्थानीय, प्रदेश सरकार एंव  चिया संग सम्बन्धित सरोकारवालाहरुको उपस्थितीमा चिया उद्योगका समसामयीक समस्या बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

3333बिर्तामोडको सिद्वार्थ होटलमा आयोजित कार्यक्रममा चिया क्षेत्रको वर्तमान अवस्था र श्रमिकरुले भाेग्नु परेको समस्याका सवाल विभिन्न मजदुर नेताहरुले आफ्नो बिचार राख्नु भएको थियो ।

राष्ट्रिय चिया तथा कफी बोर्डका निर्देशक दिपक खनालले ३ बर्षे निस्टेप परियोजनाको चर्चा गर्दै  १३ वटा टि स्टेडलाई ४० लाख अनुदान दिएको बताउनु भयो ।

123 1

उहाँले २०७९ /८० मा ४ अर्व बराबरको चिया निर्यात गर्न सफल भएको बताउदै  अक्सन बजारका लागि पहल भईरहेको दाबी गर्नु भयो । 

उता सकारात्मक इन्डिकेशका साथ चिया उद्योग र ब्यवसाय अगाडी बढिरहेको बोर्डका निर्देशक  खनालले दाबी गरिरहेको सन्र्दभमा, चिया ब्यवसायी एवं ग्रिन हिल.टि.इन्ड्रष्टिका प्रमुख   गोपाल  दाहालले  ४० हजार भन्दा बढी चिया गोदाममा थन्किदा पनि  चिया बोर्डले बजारको ब्यवस्थापनका लागि केही नगरेको आरोप लगाउनु भयो ।उहाँले २०५७ श्रमिक ऐनले ताकेको ३ सय २३ रुपैया पनि पाउन नसक्नु दुखको कुरा रहेको बताउनु भयो ।

नेपालमा कस्तो चिया उत्पादन भैरहेको छ भन्ने कुराको जानकारी चिया बोर्डलाई नभएको  उहाँकाे भनाइ छ । 

कार्यक्रममा चिया मजदुर नेता  दिपक कार्कीले आन्दोलन र सहमतीबाट ल्याएको कार्यक्रम उत्पादन साथमा नगद हातमा कार्यक्रमका लागि भनि दिइने ४ करोड १० लाख रमक किन रोकियो भनि प्रश्न गर्नु भएको थियो ।

33333अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले सामाजिक सुरक्षा कोष लागु गराउनु पर्ने, बजारको ब्यवस्थापन,सिचाइका निम्ति अचित बिजुली महसुल, भारत संग मुल्य ब्यवस्थापन गर्न संधीय र केन्द्र सरकारले विशेष पहल गरिदिन आहवान गरेका  थिए । 

अन्तरक्रिया कार्यक्रमबाट अनुमोदन गरिएको प्रस्तावमा विभिन्न नगरपालिकाका नगर प्रमुख उप—प्रमुखले ऐक्यद्वता जनाएका थिए ।