बिर्तामोड । भरत प्रसाई , झापाका केही विद्यालयहरुमा विद्यार्थीकाे संख्या धेरै घट्न थालेको छ । अधिकांश विषयमा भर्नाका लागि प्रतिस्पर्धा नै घटेको छ । सबैभन्दा ठूलो विद्यार्थी संख्या ओगटेको त्रिविमा समेत विद्यार्थीको संख्या घट्नु आफैमा दुःखत कुरा भएको शिक्षासंग सरोकार राख्नेहरुको बुझाइ  छ ।

 4त्रिविमा धेरै प्रतिस्पर्धा हुने गरेका प्राविधिक विषयमा समेत विद्यार्थीको चाप न्यून भएको झापा भित्र सञ्चालित  क्याम्पसका डीन तथा क्याम्पस प्रमुखहरू बताउछन् । त्रिवि बाहेकका अन्य विश्वविद्यालयलाई पनि विद्यार्थी पाउन मुस्किल भइरहेको छ ।

5एकातिर विद्यार्थी संख्यामा कमी आउँदा  शिक्षकलाई तलब दिन र अन्य व्यवस्थापकीय खर्च धान्न पनि समस्या हुन थालेको सञ्चालक बताउछन् ।

अर्को तिर कलेजको पढाइ बीचैमा छोडेर विदेश जाने चलनले झापाका कलेजहरु खाली हुदै गएका छन् । विगत २५ बर्ष देखी शिक्षाप्रदान गर्दै आएको मनकामना कलेजको अवस्था पनि त्यस्तै छ । नेपालमा पढाइपछि रोजगारी र सुनिश्चित भविष्य नदेखेकाले विदेश अध्ययन विद्यार्थीको बाध्यता रहेको मनकामना कलेज बिए दोश्रो वर्षमा अध्ययनरत रुबिना बुढाथाकी बताउनु हुन्छ । 

एक फरक प्रसंगलाई जाड्दै मनकामना कलेजका क्यापस प्रमुख प्रेमप्रसाद भट्टराईले विद्यार्थीको पढ्न सक्ने अवस्था नभएको बताउँदै नेपालमा रोजगारमुखी शिक्षा नहुनु नै विद्यार्थी पलायनको प्रमुख कारण रहेको बताउनु भयो । 

555555555 १२ पढ्दै गरेका विद्यार्थीहरुमा शैक्षिक तथा सामाजिक परिपक्ता नहुनु र देखासीकीको भरमा विदेश गएर पढ्ने रुची जागृत हुनुनै विद्यार्थीको संख्या घट्नुको  प्रमुख कारण रहेको गोमेन्द्र कलेज बिबिए शंकायका शैक्षिक कोअडीनेटर शेखर पाण्डे बताउनु हुन्छ । 

55555555555त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा विद्यार्थीको संख्या ह्वात्तै घट्दै जाँदा उद्योगका रुपमा स्थापित शिक्षणसंस्था बन्द हुने अवस्थामा आईपुगेका छन् । त्रिवीको शैक्षिक क्यालेण्डरमा एकरुपता नहुदाँ, र विद्यार्थी कोटा संख्या पनि नपुग्ने अवस्था आइरहदा त्रिभुवन विश्वविद्याल र शिक्षासंग सरोकार राख्ने जोकोहीले गम्भिर समिक्षा गर्नु पर्ने बेला आएको छ ।

5555गएको २ बर्षको तुलानामा विद्यार्थीको संख्या धेरै घटेका र यस्तै अवस्था रहेमा केही बर्ष पछी विद्यार्थीबिहीन क्याम्पस हुन सक्ने खतरा रहेको  इन्द्रचन्द्र क्याम्पसका क्याम्पस प्रमुख प्रकाश दाहालको भनाइ छ । शिक्षणका विषयहरु परम्परागत भएकाले शैद्धान्तिक विषयका पाठ्यक्रम परिर्वतन गर्नु पर्नेमा जोड दिनु भयो  । 

88888देशको उच्च शिक्षाको मेरुदण्ड मानिएको त्रिभुवन विश्वविद्यालयका सामु विशाल आकार, खस्कँदो गुणस्तर, राजनीतिकरणको बेथिति अनि स्रोतको कमीजस्ता चुनौति खडा छन्। । यी चुनौति पन्छाउन त्रिभुवन विश्वविद्यालयलाई सबभन्दा पहिले आफ्नो आकार तथा व्यवस्थापनमा सुधार गर्न आवश्यक छ ।