मेचीनगर । भरत भाबुक प्रसाई , मेचीमहाकाली बुहारी संयुक्त आवाजले लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मानसिक स्वास्थ्य सम्बन्धि एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
मेचीनगर १० स्थित खयरडाँगी झापामा रहेको शिशु साक्षर आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा लैङिगक हिंसा, बाल मनोविज्ञान र मानसिक सम्वेदनाका सन्दर्भमा अन्तरक्रया गरिएको थियो ।
लैङिगक हिंसा अन्त्यको सुनिश्चित महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता भन्ने मुल नाराका साथ मंसिर ९ गतेदेखि २४ गतेसम्म सञ्चालित लैङिगक हिंसा विरुद्धको कार्यक्रमलाई सफल बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको झापा जिल्ला संयोजक जमुना निरौला अधिकारीले जानकारी दिनुभयो ।
समय समयमा मेचीमहाकाली बुहारी संयुक्त आवाजले महिला तथा बालबालिकाको पक्षमा आवाज उठाउदै आएको छ ।
संस्थाले बेला बेलामा पिडामा परेका बालबालिका, महिला, ज्येष्ठ नागरिकहरुको पिर मार्कामा आवाज उठाउँदै आएको हो ।
नेपालभरि ५६ जिल्लामा शाखा विस्तार गरिसकेको यस संस्थामा १७ हजार भन्दा बढी सदस्य रहेका छन् ।
संस्थाले आवाजविहिनहरुको आवाज बन्ने, बिरामीको ओखती बन्ने, विद्यालय जाने विद्यार्थीहरु कपी किताब बन्ने काम गर्दै आएको छ ।
झापा जिल्ला सह संयोजक गंगा भट्टराईको अध्यक्षतमा सम्पन्न कार्यक्रममा मेचीनगर वडा नं १० का जनप्रतिनिधि विशाल कार्की ,ईलाका प्रहरी कार्यलाय धुलाबारीका प्रहरी सहायक निरिक्षक ग्रिस शेर्पा, विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद आचार्य, प्रगतिशिल युवा क्लबकी प्रतिनिधि कविता कार्की, नयाँ बिहानी आमा समुहकी उपाध्यक्ष लक्ष्मी बजगाई लगायतले महिला हिंसाका विरुद्ध मेचीमहाकाली बुहारी संयुक्त आवाजले पु¥याएको योगदानको खुलेर प्रसंशा गरेका थिए ।
मेचीनगर वडा नं १० का जनप्रतिनिधि विशाल कार्कीले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
ईलाका प्रहरी कार्यलय धुलाबारीका प्रहरी सहायक निरिक्षक शेर्पाले सामाजिक सञ्जालको दुरुपयोगले निम्त्याउने अपराधका सम्बन्धमा विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो । उहाँले लैङिक हिंसा विरुद्धको आन्दोलन घरबाटै सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमकी प्रशिक्षक सावित्रा केसीले मानसिक स्वास्थ्य के हो र बाल मनोबिज्ञानमा यसकाे कतिको महत्व रहेकाे छ भन्ने सन्दर्भंमा परामर्श सहित प्रशिक्षण दिनुभएको थियो ।
सामुदायिक प्रहरी सेवा केन्द्र धुलाबारी र ईलाका प्रहरी कार्यलय धुलाबारीको सहकार्यमा सम्पन्न अभिमुखीकरण कायक्रमको सञ्चालन संस्थाकी झापा जिल्ला सदस्य रोशनी खनाल अधिकारीले गर्नुभएको थियो ।
संस्थाकी झापा जिल्ला सहसंयोजक गंगा भट्टराईले यस किसिमको कार्यक्रम आँउदा दिनमा पनि गरिने बताउदै बालबालिकालाई स्वच्छ मानसिकताका साथ हुर्काउन सके उनिहरुको चौतफी बिकास हुने बताउनु भयो ।
उपस्थित अतिथिहरुलाई स्वागत गर्दै झापा जिल्ला उपाध्यक्ष संगिना ढकाल भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियाे ।
मेचीमहाकाली बुहारी संयुक्त आवाजले गत फागुन महिना देखी रु १०० बचत अभियान मार्फत विभिन्न गरिव, रोगले छट्पटीरहेका विपन्न परिवारलाई सहयोग गर्दै आएको छ ।














