काठमाडौँ ।  रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाले उत्पादनमूलक क्षेत्रका लागि आवेदन मागेको छ । अनुमानित १५ हजार ८४८ जनाका लागि कोरियाले आवेदन माग गरेको हो ।

उक्त मागअनुसार पुस २ गतेदेखि ६ गतेसम्म आवेदन दिने समय तोकिएको छ । त्यसरी आवेदन दिनका लागि विभिन्न मापदण्ड तोकिएका छन् ।

त्यसमा यसअघि सिप बिल्डिङ क्षेत्रको लागि आवेदन दिएर फेल भएकाहरू सहभागी हुन पाउने छैनन् ।

उनीहरूले सिप बिल्डिङको लागि परीक्षा दिएको भन्दै उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाउने व्यवस्था गरेको हो ।