भरत भाबुक प्रसाई । झापा ,प्रत्येक वर्ष मंसिर त्रयोदशीका दिन आज बालाचतुर्दशीको अवसरमा पितृका नाममा झापाका विभिन्न शक्तिपिठहरुमा भक्तालुहरुद्वारा शतबीज छरिएको छ । पितृका नाममा झापाका विभिन्न शक्तिपिठहरुमा साँझ दीपदान गरी रातभरी भजनकिर्तन गर्दै जाग्रम बसेर  बिहानै शतबीज छरिएकाे  थियाे ।

9सोमबार आज बिहान झापाको अर्जुनधारा जलेश्वरधाम, अर्जुनधारा–५ स्थित श्री नवदुर्गा पञ्चायन मन्दिर, सताक्षीधाम, बाह्रदशीको गौरीशंकर शिवालय गायत्रीस्वरुपाआश्रम, कनकाई माईको धार्मिक स्थललगायतका धार्मिक स्थलमा पितृका नाममा शतबीज छरिएको हो ।

6शतबीज छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्याइदिन अनुरोध गर्ने चलन छ ।

शतबीजमा हाल धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर छर्ने चलन छ ।

आजै देशैभर रहेका धार्मिक स्थलहरुमा भक्तजनहरुले शतबीज  छरेका छन्  । पर्व बाला चतुर्दशीका अवसरमा अर्जुनधारा नगरपालिका, शिवसताक्षी नगरपालिका, बुद्धशान्ति गाउँपालिका र बाह्रदशी गाउँपालिकाले आज विदा दिएका हुन् ।

5 1ती पालिकाहरूले सूचना जारी गरी नगरपालिका–गाउँपालिका कार्यालय र मातहतका शाखा, वडा कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरु बन्द रहने जनाएका छन् ।

2 1बाला चतुर्दशीमा अर्जुनधारा जलेश्वरधाम, सताक्षीधाम, विराटपोखरी, बाह्रदशी साधुकुटी गौरीशंकर शिवालय, मेचीनगरको कृष्णथुम्कीलगायतका धार्मिकस्थलमा सतविज छर्ने भक्तालुहरूको भीड लागेकाे छ ।