बिर्तामोड । भरत भाबुक प्रसाई, औपचारिक रुपमा आज बाटै शुरु भएको मासिक तथा अन्लाइन र्पोटल पूर्वी गर्जनले क्रियाशिल पत्रकारिता पुरुस्कारबाट पूर्वाञ्चल अन्लाइन.कमका समाचार संयोजक  नरेन्द्र ढकाललाई  सम्मान गरेको छ ।

3333 1नेपाल कम्युष्ट पार्टी विप्लव समूहका केन्द्रिय सचिवालय सदस्य  अनिल सी एवं पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले संयुक्त रुपमा नगद १० हजार रुपैया सहित दोसल्ला, प्रमाण पत्र सहित  पत्रकार ढकाल लाई सम्मानित गर्नु भएको थियो ।

8आवाज विहिनहरुको आवाज बन्ने उदेश्यले पूर्वबाट मासिक तथा अन्लाइन र्पोटल पूर्वी गर्जन प्रकाशनमा आएको छ ।

आज झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका बिच पत्रिकाको सार्वजनीकरण गरिएको हो ।

 सय पेज रहेको पत्रिकाले भुइ मान्छेको आवाज लाई प्राथमिकतामा राखेर आफ्ना लेख रचना प्रकाश गर्ने पत्रिकाका सम्पादक प्रविन अधिकारीले जानकारी दिनु भयो ।

समाज रुपान्तरणका लागि मिडियाको ठुलो भुमिका रहेकाले समुदायको साझा आवाज बनाउने लक्ष्यका साथ पत्रिका प्रकाश गरिएको पत्रिकाका प्रबन्ध सम्पादक सुमन सीले बताउनु भयो । 

33333 1उहाँले विज्ञान प्रविधिको युगमा मिडियाले परिर्वतनका लागि हतियारको काम गर्ने भएकाले राजनितिक र सामाजिक खबरदारीका सञ्चारको भुमिका अहम रहने बताउनु भयो ।

पत्रकार महासंघका झापाका अध्यक्ष  एकराज गिरी, कोशी प्रदेश सदस्य लिलाराज झापाली,र  नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य मोहन काजीले पत्रकारितामा देखिएका चुनौतीका सवालमा आफ्ना राय प्रस्तुत गरेका थिए ।

33333333333पूर्वी गर्जन मिडिया प्रा लीका निर्देशक सुमन सिह सीले २ लाख रकम बाट शुरु गरिएको अक्षय कोष प्रत्येक  प्रत्येक बर्ष १ लाख थप गरी तिन विधालाई सम्मान गरिने जानकारी दिनु भयो ।