पोखरा । पोखरामा बेपत्ता एक युवकको खोजीका लागि बिहीबार सेती नदीको बाँध खोलिने भएको छ ।

तनहुँ घर भई हाल पोखरा लामाचौर बस्दै आएका १९ वर्षीय संगम मिश्र २५ गतेदेखि सम्पर्कविहीन छन् ।

नी बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको र त्यहींबाट सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ । मिश्रसँगै आएका उनका बुवा औषधि लिन गएको बेला इमर्जेन्सी वार्डबाटै उनी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

खोजतलास गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुंगे पुल परिसरमा उनले लगाएको कपडा र परिचय पत्र भेटिएकाले नदीको बाँध खोल्न लागिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।