बिर्तामोड ।भरत भाबुक प्रसाई, साहित्यिक गतिबिधीलाई उजागर गर्ने उदेश्यले झापाको बिर्तामोडमा साहित्य पत्रकार मञ्च गठन  गरिएको छ ।

बिहीबार एक कार्यक्रमको आयोजना गर्दै साहित्यकार तथा पत्रकार हरी बरालको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति गठन भएको हो ।

devजसमा सह–संयोजक रविकिरण बान्तवा रहनु भएको छ भने सचिव भरत भाबुक प्रसाई, सह–सचिव मुना प्रसाई, कोषाध्यक्ष रत्नबहादुर  बस्नेत रहनु भएको छ ।

सदस्यहरुमा देव बाँस्कोटा, सरोज पौड्याल, एकराज प्रधान र सञ्जु शिवाकोटी रहनु भएको छ ।

 जनहितमा जारी

Capture 7मोफसल भित्रका साहित्यिक गतिविधीहरुलाई उत्थान गर्ने उर्देश्यले साहित्य पत्रकार मञ्चको गठन गरिएको संयोजक हरी बरालले बताउनु भयो ।

मञ्चका सल्लाहकार एवं वरिष्ठ पत्रकार सन्तोष आर्चायले साहित्यिक क्षेत्रमा जसले सृर्जनाको काम गरिरहनु भएको छ, सृर्जनासंग सामिप्यता राख्ने सर्जकहरुको प्रर्वद्वन गर्ने उदेश्यले झापामा पहिलो पटक साहित्य पत्रकार मञ्च गठन गरिएको बताउनु  भयो । 

Capture.JPGhuमञ्चको संस्थापक सल्लाहकारहरुमा कुमार भट्टराई, तिर्थ सिग्देल, सन्तोष आचार्य, लिला अनमोल र दिपीन राई रहनु भएको छ ।