कनकाई । भरत भाबुक प्रसाईविश्व शान्तिको उदेश्यले भारतको आसाम निवासी मिनाक्क्षी दासले विश्वका ६७ देशको भ्रमण नेपालबाट सुरुवात गर्नुभएको छ ।

9 1नेपालको धार्मिक एकता र बुद्काे भुमि विश्व सामु परिचत गराउने उदेश्यले मोटरबाइक यात्राको सुरुवात नेपालबाट गरिएको उहाँको भनाइ छ ।

4 3एक कार्यक्रमका बिच कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेलहेप्पील्याण्ड फन पार्कका प्रबन्ध निर्देशक दिनेश सिल्वालले संयुक्त रुपमा दासलाई स्वागत गर्नुभएको थियो ।

6 3हेप्पील्याण्ड फनपार्कले यात्रालाई सहज होस भनि १६ हजार आर्थिक सहयोग समेत प्रदान गरेको छ ।  मोटरबाईक यात्री दासले नेपालबाट अथाह माया मिलेको र नेपाली धर्म संस्कृतिलाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान पु¥र्याउने बताउनु भयो ।

66666666उहाँले हेप्पील्याण्ड फनपार्कलाई बिशेष धन्यवाद दिदै नेपाली महिलाहरुलाई अभिप्रेरणा जगाउने काममा लागिरहन आग्रह गर्नुभयो ।

पत्रकारहरुको प्रश्नको जवाफ दिदै दासले विश्वका ६७ देशको यात्रा रुट आफुले अध्ययन गरेकाले यात्रा सफल हुने दाबी गर्नुभयो ।

दासले १८ महिनामा विश्व भ्रमण सकि भारत फर्किने जानकारी दिनुभयो ।

Capture 8एक्लो महिला भएर पनि विश्व भ्रमण गर्छु भन्ने आत्माविश्वासले देशबाट निस्कनु भएकी दास सबै महिलाका लागि प्रेरणाकी स्रोत बन्नुभएको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेलले बताउनु भयो ।

उहाँले यात्राको सुरुवात आफ्नो छिमेकी देश नेपालबाट त्यसमाथि झापाको सुरुङ्गालाई छनोट गर्नुभएकोमा उहाँप्रति आभार व्यक्त गर्नुभयो ।

नगर प्रमुख पोखरेलले यस किसिमका भ्रमणले पर्यटन र धर्म संस्कृति विश्वसामु पु¥र्याउन महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । 

उहाँलाई स्वागत गर्न विश्व हिन्दु महाँसंघका प्रतिनिधी लगायत भारत स्थित गोरखपुरबाट उल्लेख्य रुपमा भारतीय नागरिकहरुको उपस्थीति रहेको थियो ।