मेचीनगर । भरत भाबुक प्रसाई, झापाको मेचीनगर ४ स्थित बाहुनडाँगीमा मानव हाती द्वन्द न्यूनीकरण र मानव हात्ती सह–अस्तित्व सम्बन्धि त्रिदेशीय परार्मश तालिमको एक कार्यक्रमका बिच सविधान सभा सदस्य रबिन कोइरालाले उद्घाटन  गर्नु भएको छ । 

इसिमोड र उज्यालो नेपाल बर्दियाको सहकार्यमा मेचीनगर नगरपालिकाले तालिमको आयोजना गरेको हो  ।

666666 2हात्तीलाई समृद्वीसंग जाड्दै हात्ती र मानवको सहअस्तित्व जोगाउन तालिमको आयोजना गरिएको बर्दिया राष्ट्रिय निकुञ्जमा प्रमुख एवं प्रशिक्षक रमेश थापाले बताउनु भयो ।

हात्तीको मनोभाव, बुझन नसक्दा पछिल्ला केही बर्षमा ठुलो जनधनको क्षति हुँदै आएको छ ।

 गत बर्ष मात्रै बाहुण्डाँगी भित्र बसोबास गर्ने युवाहरुको सक्रियता तथा उज्यालो नेपाल बर्दियाको सहकार्यमा रेपिड रेसपन्स टिम गठन गरिएको मेचीनगर वडा नम्वर ४का वडाध्यक्ष अर्जुनकुमार कार्कीले  बताउनु हुन्छ ।

रेपिड रेसपन्स टिमका संयाजक एंव वडा नम्वर ४का वडाध्यक्ष कार्कीले गत कात्तिक २७ गते ३७ वटा हात्ती  मेचीनगरको प्रसादगैडा नाकाबाट नेपाल प्रवेश गरेको र हाल सम्म नफर्किएको बताउनु भयो ।

उहाँले पर्यटनलाई हात्तीसंग जोड्न सकिए ब्यवसाय र पर्यटनमा पनि ठुलो फाइदा पुग्ने दाबी गर्नु भयो । 

Capture 9कार्कीले आर आर टिमलाई ५ लाख बराबरको बिमा गरिएको बताउनु भयो ।

तालिममा मेचीनगरका १६, अर्जुनधारा १, हल्दीवारी १, भारत जल्पाईगुढी ६  र दार्जेलिङगका ६ गरि जम्मा २९ जनाको सहभागिता रहको छ ।

प्रशिक्षण कार्यक्रमको सहजीकरण आए .सि.यु एनका नेपाल च्यापटर प्रमुख डा.नरेन्द्र प्रधान, राष्ट्रिय प्रकृति संरक्षण मञ्चका प्रमुख, नरेश सुवेदी र बन्यजन्तु संरक्षणकर्मी शंकर क्षेत्रीले प्रशिक्षणको सहजीकरण गर्नुहुने जनाइएको छ । 

औपचारिक कार्यक्रममा मेचीनगर आरआर टिमले तयार पारेको बृतचित्र प्रस्तुत गरिएको थियो । उक्त बृतचित्रले  हात्ती सामाजिक प्राणी भएको र संवेदनाले भरिएकाे ५ करोड ६० लाख बर्ष अगाडी नै विश्वमा देखिएको बलशाली जनवार भएको व्याख्या गरिएको छ ।

6 4  तालिम सफल्ताको शुभकामना दिदै  कोशी प्रदेश वन तथा वातावरण मन्त्रालयका  सचिव बिशाल घिमिरेले हात्ती बचाउन अभियानमा लाग्दै मानिसको सहअस्त्विका लागि दिर्घकालिन उपायहरु अवलम्वनमा गर्नुपर्नेमा जोड दिनु भयो । 

मेचीनगरका नगर प्रमुख  गोपाल चन्द्र बुढाथाकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, मेचीनगरका नगरपालिकाकी उप–प्रमुख मिना पोखरेल उप्रेती, अभियान्ता सहायकरथी बाबु कृष्ण कार्की, सामाजिक अभियान्ता रमेश दाहाल,२०२३ वर्ष जेसिबाट सम्मानित शान्ता निरौला लगायत विभिन्न सामाजिक व्यत्तित्वहरुको उपस्थिती रहेको थियो ।

निकै लामो समयबाट हात्ती संरक्षणमा काम गर्दै आउनु भएका अभियान्ता राज बस्नेतले दिगो निकासका लागि प्रभावित देशहरुको सहकार्यमा हात्ती शिक्षाको सुरुवात गर्नुपर्ने बताउनु भयो ।

55555 मेचीनगर वडा  नम्वर ४ ले  प्रस्तावित १३ सय २ घरका  लागि गरिएको प्रस्ताव मध्ये ६ सय ६९ घरलाई निशुल्क  विमा सेवा उपलब्ध गराएको छ  ।

वडाका अध्यक्ष कार्कीले  निकट भविष्यमै  १५ सय परिवारलाई निशुल्क विमा सेवा उपलब्ध गराउने वडाको योजना रहेको बताउनु भयो ।