भद्रपुर । झापा जिल्ला प्रशासन कार्यालय भद्रपुरमा  मेचीमहाकाली बुहारी संयुक्त आवाजले नवनियुक्त झापाका प्रमुख जिल्ला अधिकारी  बन्धु प्रसाद बास्तोला  स्वागत गर्दे उँहाको सफल कार्यकालको शुभकामना दिएको छ ।

महिला हिंसाका विरुद्धमा आवाज उठाउँदै आएको मेचीमहाकाली बुहारी संयुक्तआवाजले स्थापनाकालिन समय देखी नै नयाँ र प्रशंसनी काम गर्दै आएको छ ।

आवाज विहिनहरुको आवाज बुलन्द गर्दै आएको यस संस्थाले आउँदा दिनहरुमा पनि उच्च सोच विचारका साथ काम गर्ने मेचीमहाकाली बुहारी संयुक्त आवाजकी केन्द्रिय अध्यक्ष चन्द्रा काफ्लेले बताउनु भयो ।

झापाका प्रमुख जिल्ला अधिकारी  बन्धु प्रसाद बास्तोलाको सफल कार्यकालको शुभकामना दिँदै काफ्लेले उहाँको  सहयोग  मिल्ने अपेक्षा गरेको बताउनु भयो ।

झापा जिल्ला सह संयोजक गंगा भट्टराई झापा जिल्ला सह सचिव आरजु खतिवडा, झापा जिल्ला सदस्य प्रमिला उप्रेती, झापा जिल्ला सदस्य रोशनी खनाल अधिकारी, चन्द्रा उप्रेतीको उपस्थिती रहेको थियो ।