बिर्तामोड उद्योग वाणिज्य संघ झापा शाखाका कार्यवाहक अध्यक्ष राजु न्यौपानेले नेपाल पत्रकार महाँसघ झापा शाखालाई ५० थान कुर्सी   प्रदान गर्नु भएको छ । 

नेपाल पत्रकार महाँसघ झापा शाखाको तर्फबाट अध्यक्ष एकराज गिरी उपाध्यक्ष सुशीला संग्रौला, सह सचिव ,अर्जुन राजवंशीले संयुत्तरुपमा सहयाेग ग्रहण गर्नु भएको थियो ।

3 4नेपाल पत्रकार महाँसघ झापा शाखाको तर्फबाट अध्यक्ष गिरीले झापाली पत्रकारहरुको साझा घरका लागि, सहयाेग हस्तान्तरण गर्नु भएकाे भन्दै पत्रकार महाँसघ झापा शाखाको तर्फबाट  धन्यवाद ज्ञापन गर्नुभयाे । 

बिर्तामोड उद्योग वाणिज्य संघ झापा शाखाका कार्यवाहक अध्यक्ष न्यौपानेले झापाका सञ्चारकर्मीहरुले ब्यवसायीहरुको समस्यमा कलम चलाउदै आएकोमा सम्पूर्ण पत्रकारहरुलाई  धन्यवाद दिदै, आँउदा दिनमा पनि आफुले गर्न सक्ने सहयोग महासघलाई गरिरहने प्रतिबद्वता ब्यक्त गर्नु भयो । 

 जनहितमा जारी

123 6कार्यक्रको सञ्चालन सह–सचिव राजवंशीले गर्नुभएको थियो । कार्यक्रममा शब्दपत्र.कमका सम्पादक उद्वव पुरी, मोफसल अनलाइनका सम्पादक  भरत प्रसाई, पूर्वाञ्चल अनलाइन.कमका सम्पादक नरेन्द्र ढकाल, आमसञ्चार.कमका समाचार प्रमुख बिनोद पाण्डे,  पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल, सञ्चारकर्मी राजकुमार ओली  लगायको उपस्थिति रहेको थियो ।